बाबुरामको बालहठले सहमतिय सरकार बनेन :सिटौला


पोष्टराज पहाडी,
सिन्धुली,पुस १६ ।
नेपाली काँग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले प्रधानमन्त्री बाबुराम भट्टराईको बालहठका कारण सहमतीय सरकार बन्न नसकेको बताउनुभएको छ । बाबुराम भट्टराईले प्रधानमन्त्रीको कुर्सी नछाड्ने बाल हठ लिएकै कारण सहमतीय सरकार निर्माण हुन नसकेको उहाँको भनाई छ ।
‘सहमतीय सरकार निर्माणमा ढिलाई हुनुको प्रमुख कारण भनेको  माओवादीको बालहठ हो । त्यसमा पनि प्रधानमन्त्रि बाबुराम भट्टराईको भूमीका मुख्य रहेको छ,’  नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं. २ को दोश्रो क्षेत्रीय भेलालाई जरायोटारको मझुवादोभानमा आइतबार सम्बोधन गर्दै सिटौलाले भन्नुभयो  –‘बाबुरामले प्रधानमन्त्री पद छाड्ने वितिकै सहमती हुन्छ ।’  आफुहरुले  बाबुरामलाई पटक–पटक सम्झाउदा समेत उनी अटेर गरेर बसेको सिटौलाको भनाई छ ।

उहाँले एनेकपा माओवादीले अझै पनि शान्ती नचाहेको  भन्दै शान्ती पुर्ण रुपमा बाँच्ने नेपालीको चाहानामा बाधक बनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो –‘शान्ती नचाहने हो भने  माओवादी नेपालमा धेरै दिन टिक्न सक्दैन । नेपाली जनताको चाहाना भनेको  शान्ती पुर्ण रुपमा बाँच्न पाउनु हो ।’ सिटौलाले कम्युनिष्टहरुले निर्वाचन जितेर नै संविधान नबनेको आरोप लागाउनुभयो ।
सोहि सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले एमाओवादीले छलछामको राजनिती गरेको आरोप लगाउनुभयो । उहाँले प्रचण्डले सधै अरुलाई ढाँट्ने र छल्ने काम गरिएको बताउनुभयो । एमाओवादीले भन्दैमा शुशिल कोइरालालाई प्रधानमन्त्रीको उमेदवार बनाउनु आफ्नो कमजोरी भएको  भन्दै थापाले त्यसमा पनि माओवादीले ठूलो अपराध गरेको बताउनुभयो । उहाँले भन्नुभयो –‘शुशीललाई प्रधानमन्त्रीको उमेदवार बनाउनु काँग्रेसको कमजोरी भयो तर त्यसमा धोका दिनु माओवादीको  ठूलो अपराध हो ।’ उहाँले माओवादी वा अरु कुनै दलले नमाने कोइराला प्रधानमन्त्री नबन्ने बताउनुभयो  । एउटा दलले नमानेको अवस्थामा प्रधामन्त्री बन्नु सहमतिय सरकार नहुने उहाँको भनाई थियो । उहाँले एमाओवादीको छलछामको राजनिती धेरै दिन नटिक्ने ठोकुवा गर्नुभयो ।
थापाले देशमा संक्रमण बढीरहेको भन्दै बाबुरामकै कारणले सहमतिय सरकार निर्माण हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले यदि बाबुरामले सहजै प्रधामन्त्रीको कुर्सी छाड्न नचाहे ज्ञानेन्द्रलाई नारायणहिटीबाट लखटेजस्तै गरि बालुवाटारबाट लखेट्ने चेतावनी दिनुभयो । माओवादीको १० वर्षे जनयुद्ध सत्ता र सरकारको मोह मात्र भएको प्रमाणीत भएको उनको भनाई छ ।
उहाँले बैशाखमा जसरी भएपनि निर्वाचन हुनुपर्ने बताउनुभयो ।  बैशाखमा निर्वाचन भए संसद र संविधान सभाको निर्वाचित प्रतिनिधीले दुवै काम गर्ने उनको भनाई छ । यसअघि पनि माओवादीकै कारणले संविधान बन्न नसकेको उहाँको आरोप छ । उहाँले भन्नुभयो –‘यदि बाबुराम, प्रचण्ड र मधेसका ठेकेदारहरुले मानिदिएको भए यस अघिनै संविधान निर्माण हुने  थियो ।’ कार्यक्रममा काँग्रेसका जिल्लामा रहेका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । भेला आज सम्म सञ्चालन हुनेछ ।

Related

स्थानिय 4347650117428727307

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item