पनौतीमा सडक महोत्सव सुरु हुँदै

http://sindhulidarpan.blogspot.com/2012/12/cavre-festival.html
प्रकाश सुन्दास,
काभ्रे ,पुस १६ ।
काभ्रेको पनौतीमा आजदेखि सडक महोत्सव सुरु भएको छ । ‘सन् २०१२ लाई बिदाई गर्न र सन् २०१३ लाई स्वागत गर्न पनौती जाऔं, नयाँ गन्तव्यस्थलहरुको अवलोकन गरौं’ भन्ने नाराका साथ पनौती पर्यटन विकास केन्द्रले आयोजना गरेको महोत्सव भोलिसम्म चल्ने छ । महोत्सवमा विविध कला, संस्कृति, घरेलु हस्तकलाका साथै अन्य पुरातात्विक सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । त्यस्तै घुम्ती बसद्वारा नगरकै सेरोफेरोमा रहेका पाँच नयाँ गन्तब्यहरु कपालकोट डाँडा, द्रोपदा मन्दिर, खोपासी पोखरी, लामाडोल डाँडा, फड्केश्वरी महादेवको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

लामाडोल डाँडाबाट सन्
२०१३ को पहिलो सूर्योदय अवलोकन गर्न पाउने आयोजकले बताएको छ । महोत्सवको
आकर्षणका लागि नेवाः भोजका साथै सडकमै योमरी, बारा, चटामरी, नेवारी खाजा
सेट राखिएको छ । यसैबीच शनिबारदेखि बनेपामा सुरु भएको सहकारी महोत्सव सन्
२०१२ आज सकिँदैछ । बाँसबाट बनेका कलात्मक वस्तु, हातले बुनेको कपडा, खुवा,
फलफुल, आग्रेनिक मल, बीउबिजन, जुत्ता, खेलौना, सुचना प्रविधि लगायत ५० वटा
स्टलहरु रहेको महोत्सवमा २० लाख बराबरको आर्थिक कारोबार भएको महोत्सव
प्रचार–प्रसार उपसमितिका संयोजक विधान जोशीले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !