बलात्कारीलाई ३० बर्ष कैद र नपुसंक बनाउने बिधेयक पेश गर्ने भारतीय कांग्रेसको तयारी


एजेन्सी , पुस १६ ।
भारतको राजधानी दिल्लीमा भएको सामुहीक बलात्कारको घटना पश्चात भारतीय कांग्रेसले दोषिलाई ३० बर्ष कैद र नपुंसक समेत बनाउन व्यबस्था समेटिएको  बिधेयक प्रस्ताब गर्ने तयारी गरको छ । न्यायधिश जे एस बर्माको नेतृत्बमा यहि डिसेम्वर १६ मा गठन गरीएको समितिसामु यस्तो बिधेयक प्रस्तुत गर्ने तयारी भारतीय कांग्रेसले गरेको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।
बिधेयकलाई अन्तिम रुप भने दिन बांकी रहेको भारतीय संचारमाध्यमले जनाएका छ्न । कांग्रेसले पेश गर्न लागेको बिधेयकमा बलात्कारीलाई ३० बर्ष सजाय हुनै पर्ने र घटनाको प्रकृति हेरी त्यस्ता व्यत्तिलाई रासायनिक प्रक्रियाबाट नपुंसक बनाउने व्यबस्था गरीएको छ । कानुन कार्यान्वयनका लागी र दोषिलाई छिटो कारबाहीका लागी  फास्ट ट्राक अदालत गठन गर्न माग गर्ने तयार पनि भारतीय कांग्रेसले गरेको छ ।
सामुहीक बलात्कारको बिरुद्धमा प्रदर्शन जारी राखेका अधिकारकर्मी महिलाहरुसंगको बैठक पश्चात भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले यस्तो बिधेयकका बिषयमा पार्टीमा छलफल गरेकी हुन् ।

Related

प्रमूखखबरहरु 4318483006459986567

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item