राई मृत भेटिए


पाँचथर मंसिर ३० ।
पाँचथरको रबि २ निवासी ३८ बर्षीय श्रीप्रसाद राई आज बिहान मृत अवस्थामा भेटिएका छन ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय थामथुम हाइड्रो पावरका लागि लगिएको कुलो नजिकै उनी मृत अवस्थामा भेटिएका हुन । कुलोमा डुविरहेको अवस्थामा भेटिएका राई मृत रहेको पुष्टी भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पछि दशमी प्रहरी चौकीबाट प्रहरी टोलीलाई घट्नास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत गोपाल ढकालले जानकारी दिए । उहाँका अनुसार राईको मृत्युवारे अनुसन्धान शुरु गरिएको छ ।

Related

विविध 6885463927956348340

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item