कछुवाको चालमा दैडदै दलहरु

राष्ट्रपति डा रामबरण यादवले सहमतिका लागि चौथो पटक दिएको पाँच दिनको समयमा ३ दिन बितिसक्दा पनि मुख्य राजनीतिक दलहरु छलफलमा जुटेका छैनन । तीन पटक गरि २० दिनको समय राष्ट्रपतिले दिएपनि ब्यर्थमा बिताएका दलहरुले चौथो पटकको समयमा पनि सामुहीक छलफलमा जुट्न नसकेका हुन् ।
संविधानका अन्तरबस्तुमा सहमति पहिले कि सरकार पहिले भन्ने संविधानसभा भएको अवस्था देखिको विवादमा अझै पनि अल्झिएका दलहरुले छलफलमा जुट्न सकेका छैनन ।
दलका शीर्ष नेताहरु कुनै कार्यक्रममा सहभागि हुने खासै कार्यक्रम नभएपनि सामुहीक छलफलमा जुट्ने प्रयास समेत गरेका छैनन । कांग्रेस लगायत बिपक्षी दलहरु बिनासर्त चुनावी सरकारको नेतृत्व कांग्रेसलाई दिनुपर्ने बताउदै आएका छन । तर सत्तारुढ दलहरु संविधानका अन्तरबस्तुमा सहमति जुटाउनुपर्ने सर्त अगाडि सारेका छन । राष्ट्रपतिले दिएका चौथो समयसिमामा समेत दलहरुका बीचमा सहमतिको गम्भिर प्रयास नभएकाले सहमति हुने संकेत देखिएको छैन । राष्ट्रपतिले दिएको पाँच दिने समय सिमा पर्सी २ गते सकिदै छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !