कतारमा श्रमिक समस्या र समाधान

http://sindhulidarpan.blogspot.com/2012/12/worker.html
महेन्द्रप्रसाद पोखरेल
कतार भन्ने बित्तिकै आप्रवासी मजदुरहरूको ठुलो संख्या भएको देश भनेर बुझ्दा केही फरक नपर्ला कराररूपी बन्धन र कम्पनीहरूको दादागिरीले चरम रूप लिएको यो ठाउँमा युनियन तथा ट्रेड युनियनका कुरा हुनु वर्तमानमा हास्यस्पद नै हुन्छ, यहाँ गरिने फरक–फरक भेदभाव र ठाउँकै हिसाबमा कम र बढी तलब तोकिने समान काम यहाँको अति नै दयनीय हरकत हो भन्दा अतिशयुक्ति नहोला ।
म कुनै बखत काठमाडौँमा रहेर जिफन्टअन्तर्गत इलाका सञ्चालन गरेको हुँदा श्रमसम्बन्धी फितलो भए पनि कानुन र प्रयोजनबारे केही जानाकारी हासिल भएकाले यो विषयमा हाल कतारमा उठिरहेको सवाल र अन्तर्राष्ट्रिय मान्यता र मापदण्डविपरीत भएका केही गतिविधि औँल्याउने प्रयास गरेको छु ।
फरक–फरक हुने करार अनि नेपालमा र यहाँ आइपुगेपछि च्यातिने नेपालको करारनामा त्यसैमा पनि कोरा कामदारको बढ्दो उपस्थितिले यहाँको रूप अझैँ विकराल बन्दै गएको सायद सबैलाई अवगत नै होला । नेपालतर्फ जाउँ त्यहाँबाट जसोतसो उल्टो पाल्टो सम्झौता गराएर उडाइन्छ अनि टन्न पैसा असुलिन्छ ताकी कतिपय कम्पनीले कामदार पठाएबापत्प्रति व्यक्ति यति पैसा दिन्छु भनेर उल्टै म्यानपावर कम्पनीलाई पैसा दिने गरेको पनि अहिल्यै आएर थाहा नभएको होइन सायद सबैलाई थाहा नै होला, जस्तो मेरो मनस्थितमा लागिरहेको छ ।
कतार आइपुगेपछि कामदारले आफूले नेपालमा गरेको सम्झौतापत्र बुझाइदिन्छ अनि नयाँ पाउँछ जुन कि प्रायःजसो अरबी भाषामा लेखिएको हुन्छ, के लेखेको छ कसलाई के थाह ?
तैपनि नेपालमा तिरिएको चर्काे रकम त कमाउनै पर्छ यहाँ आएपछि यसरी तनावमा पर्छन् नेपाली अनि कुनै न कुनै बहानामा बेहोस् हुने र मर्नेसम्म भएका घटना छन् ।
दिनभरको कडा घाममा काम अनि बस्ने कोठादेखि बाथरुमसम्म लाम बस्दै नेपालीहरू तलब पाउन तीन–तीन महिनासम्म पर्खेका उदाहरण यहाँका समाजसेवी तथा भद्रगोल संघ–संस्थाका नाइकेहरूलाई सुइँको छ या छैन भगवान् जानून्, यिनै नाइके कुनै नेता या महाशय दोहा आपुग्नु भयो भने चुपचाप गएर फोटो खिचाइ फर्की हाल्छन् । अनि यो काम र त्यो काम भन्दै चन्दा र चिट्ठा भन्दै खै कति पैसा उठाउँछन् अनि के गर्छन त्यो पनि भगवान् जानून् । विषयवस्तुतिरै जाउँ भर्खरै कतारमा श्रमीकबारे केही आवाज उठ्दै गर्दा खै कसले हो कसलाई भेट्यो रे अनि नेपाली कामदारमाथि हुने गरेका अन्यायको विरोध पनि त्यहाँ भयो रे ।
नहोस् पनि कसरी नेपाली भनेका त विश्वमा नै गौप्राणी हुन् न त आफ्नालाई चिन्छन् न त पराइलाई नै चिन्छन् मात्र मिहिनेत गर्छन् अनि जे पाउँछन् हात फैलाएर लिन्छन् अब त लड्नै बिर्सिएका छन् उनीहरूले ।
कसैलाई आफ्नै मामाले बोलाएर ठग्छ कसैलाई अंकलले त कसैलाई गाउँको काका पर्नेले कोमाथि बिववास गर्ने कोमाथि नगर्ने ? हो पक्कै पनि ती भेटघाटे कामदार होइनन् किनकि वास्तविक कामदारका लागि कहीँ भेट्न जाने फुर्सद कहाँ छ । ऊ त बिदाको दिन पनि स्काफोल्डिङ बाँधिरहेको हुन्छ मेरो चुलो बन्द पो हुन लाग्यो कि भनेर सुटुक्क भेट्ने ति तिनै मजदुरका दलाल हुन जसले यहाँ समाज सेवा तथा अन्य महान् काम गरेर नेपालीलाई बदनाम गराएका छन् । भगाएका छन् अनि पकाएका छन् ।
साँच्चै यदि कामदारको हितमा कुनै कानुन या संगठन खोल्न पाउने व्यवस्था आएमा यिनीहरू नै नाइके बन्नेछन् अनि हजारको तलब गराउँछु मलाई यति प्रतिशत दिनुपर्छ भन्ने छन् र फेरि ती कामदार त्यही नै रहनेछन् जहाँ बाथरुम छैन अनि पिउने पानी लिन मस्जिदसम्म पुग्नुपर्छ । कुनै सुधार हुने छैन ।
जिल्ला–जिल्लाका नाउँले खुलेका यी बिल्लाधारिसँग बच्न सके र ट्रेड युनियन गठन हुन सके त्यसमा वास्तविक मजदुरको उपस्थिति रहन सके पक्कै पनि यो सकारात्मक र खुसीको कुरा हो । यहाँ रहेका सम्पूर्ण कामदारहरूलाई मेरो फेरि एकपटक अभिवादन । जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यही रहनुहोस् खुसी रहनुहोस् एक दिन अवश्य उज्यालो आउने छ सबै छर्लङ हुनेछ कोही टाढा छैन ।
म त आफैँ बेचिए कसले बेच्यो मेरो मन
म त आफै रेटिए कसले–कसले बटुल्यो मेरो तन
रेगिस्तानमा मोती खोज्ने मृगतृष्णा बढ्यो झन्
तिमी मात्रै होइन साथी अरू अझँ धेरै छन्
म नेपालको अन्नाहजारे यही छु रेगिस्थानको साथी
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !