प्रहरीले मन्डपबाटै बेहुला बेहुली उठायो
http://sindhulidarpan.blogspot.com/2012/12/police_14.html
पा“चथर, मंसिर २९ । पा“चथरको फिदिम–२ स्थित धनबहादुर धमलाको घरमा विवाह कार्य चलिरहेका बखत पुगेको प्रहरीले बेहुला बेहुलीसहित आगन्तुक सबैलाई नियन्त्रणमा लिएको छ । अविभावकको मञ्जुरी विना नाबालिकालाई भगाएर विवाह गरेको भन्दै जिल्ला बाल क्लव सञ्जालले उजुरी गरेपछि पा“चथरको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले नियन्त्रणमा रहेका हरूमा बेहुला राजन धमला, बेहुली सुमित्रा घिमिरे बेहुलाका बाबु धनबहादुरसहित पुरोहित र आफन्त छन् ।
पा“चथरको लुम्फावुङ गाविस– ६ की १५ वर्षीय सुमित्रा घिमिरेको फिदिम २ का १७ वर्षीय राजन धमलास“ग विवाह भइरहेको भनी जिल्ला बाल क्लव सञ्जालका पदाधिकारीले उजुरी गरेपछि बेहुला बेहुलीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालक्लवले प्रहरीमा दिएको जाहेरीमा नाबालिकालाई प्रलोभनमा पारी केटा पक्षले जबरजस्ती विवाह गराएको उल्लेख गरिएको छ । उसको उजुरीमा २०५२ साल कात्तिक २४ गते जन्मिएकी सुमित्राको जवरजस्ति विवाह गरिदिएको बालक्लबको दावी छ । जाहेरीमा विवाह भइरहेका बालक बालिकाको उमेर नपुगेकाले बद्धर हुनुपर्ने समेत माग गरिएको छ ।
उता बेहुलाले भने आफूको एक वर्ष अघिदेखीको प्रेम सम्बन्ध विवाहमा परिणत भएकोले कसैले टाउको दुखाउनु नपर्ने बताए । बेहुली सुमित्रा आफूहरूको सम्बन्ध छुटाउने नियतले नै त्यसो गरीएको हुन सक्ने बताइन ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !