पहिरोमा परी दोलखामा दुइको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/12/dolkha-news.html
शेरबहादुर भुजेल,
दोलखा,पुस १५ ।
दोलखाको मार्बूमा निर्मानाधिन खानीखोला १ जलविद्युत आयोजनास्थलमा पहिरोमा परी दुई जनाको मुत्यु भएको छ । आयोजनास्थल नजिक हिजो साँझ ५ बजेतिर आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा मार्बु ४ का २८ वर्षका वीरबहादुर गुरुङ रहनु भएको छ भने अर्का एकको सनाखत हुन सकेको छैन । मार्बू ७ पेदिङमा निर्माणाधिन आयोजनास्थल दोलखाको सबैभन्दा दुर्गमस्थलमा पर्छ । फोन सम्पर्क नहुने र हिडेर जाँदा टाढा रहेकोले प्रहरी समेत पुग्न सकेको छैन ।

घटनाको सूचना पाउने वित्तिकै इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी टोली घटनास्थल लागे पछि त्यहाँ पुग्न सिंगटीबाट हिडेर दुई दिन लाग्ने स्थानीयहरु बताउँछन् । दोलखा प्रहरी प्रमुख डिएसपी ओम अधिकारीले घटनास्थलमा प्रहरी पुग्न बाँकी रहेकाले थप सूचना आउन बाँकी रहेको बताउनुभयो । मार्बुमा ग्रिन लाइप इनर्जी प्राइभेट कम्पनीले २५ मेगावाटको खानी खोला १ को सडक र सुरुङको काम सुरु गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !