जिविस दोलखाले ४६ लाख ६१ हजार रुपैया जोगाउन सफल
http://sindhulidarpan.blogspot.com/2012/12/dolkha_21.html
राजेश भुजेल, दोलखा,पुस ६ ।
सप्टवयर प्रणाली, व्यवस्थित तथ्याङक र नियमित अनुगमनका कारण जिल्ला विकास समिती दोलखाले ४६ लाख ६१ हजार रुपैया जोगाउन सफल भएको छ । सामाजिक सुरक्षा भत्तामा व्यापक अनिमितता र भष्ट्राचार भएको खुलेपछि जिविसले त्यसलाई व्यवस्थित सफ्टवेयर र नियमित अनुगमनपछि यति धेरै रकम जोगिएको हो । गत आर्थिक वर्षमा ५१ गाविस र एक नगरपालिकामा ज्येष्ठ नागरिक ८ हजार २३ जना, ज्येष्ठ दलित १३ सय ५८ जना, एकल महिला ६० वर्ष भन्दा माथिका २१ सयलगायतकालाई रकम निकासा गरिएको पञ्जीकरण शाखाका मधुसुदन आचार्यले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !