सामुदायीक सेवा केन्द्रको अध्यक्षमा पुन : हायु
http://sindhulidarpan.blogspot.com/2012/12/hayu.html
पोष्टराज पहाडी,
सिन्धुली,पुस ६ ।
सामुदायीक सेवा केन्द्र सिन्धुलीको अध्यक्षमा पुनः राम बहादुर हायु चयन भएका छन् । विहिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले हायुलाई पुनः अध्यक्षमा चयन गरेको हो । १९ सदस्यीय कार्य समिती रहेको सो नवगठीत समीतीको उपाध्यक्षमा पार्वती थापा, सचिवमा बलराम फुँयाल, सह–सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा तिलक बहादुर थापा रहेका छन् ।
सो अधिवेशनको उद्घाटन कार्यक्रम प्रमुख जिल्ला अधिकारी केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका माणीक ढकाल, नेकपा एमालेका प्रह्लाद पोखरेल, नेकपा–माओवादीका हरि बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका भिष्मराज श्रेष्ठ, जिल्ला विकास समितीका सागर कुमार ढकाल, प्रहरी नायव उपरिक्षक सानुराम भट्टराई, उद्योग वाणीज्य महासंघका केन्द्रिय सदस्य मिन बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष राम बहादुर हायुले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव बलराम फुयाँलले गरेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !