काभ्रेको ब्राइट फ्युचर स्कुलमा तनाब



प्रकाश सुन्दास, 
काभ्रे,मसिंर २८ । 
काभ्रेको पाँचखालस्थित ब्राइट फ्युचर स्कुलका शिक्षकले दुई छात्रालाई प्रेम पत्र लेखेर दिएको भन्दै अभिभावकहरुले आज विद्यालय घेराउ गरेका छन् । भिड् नियन्त्रणका लागि विद्यालय पुगेका प्रहरी र अभिभावहरु बीच दोहोरो झडपसमेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

 विद्यालयमा गणित विषय पढाउँने भरत कडेँल र विज्ञान विषय पढाउँदै आएका शिव उप्रेतीले कक्षा ६ र ८ मा पर्ने छात्राहरुलाई अश्लित शब्द सहितको प्रेम पत्र लेखेर मानसिक तनाब दिएको भन्दै अभिभावकहरुले कारबाहीको माग गरेका छन् । माफी माग्न शिक्षक लिएर विद्यालय पुगेका पाँचखाल प्रहरी चौकीका सहि बाबुराम झाले अभिभावकहरुको भिड नियन्त्रण गर्न गोली चलाउने आदेश दिएको भन्दै अभिभावकहरु आक्रोशित बनेका छन् । 


Related

विविध 6719798832589798651

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item