मैले चिनेको नेपालका प्रधानमन्त्री डा.बाबुराम


अचुत प्रसाद फुयाल (अशोक)
चपौली, सिन्धुली 
 हाल : बेर्न्, स्विट्जरल्यान्ड ।

-  करिब एक दसक को स्विट्जरल्यान्ड बसाइ पछि पहिलोपटक म जुलाई ३० तारिक का दिन नेपाल पुगे, मनमा धेरै उत्साह र परिबार मित्रजन तथा देशको न्याश्रो ले बिभोर हुदै त्रिभुबन  अन्तरास्ट्रीय  बिमानस्थल मा उत्रिए,भौगोलिक रुपमा नेपाल र स्विट्जरल्यान्ड उस्तै उस्तै देश हुन् डाडा काडा हरिया बनजंगल खोला नाला आदि आदि तर फरक यत्ति हो कि स्विट्जरल्यान्ड बिकास को उचाई मा पुगेको देश भने नेपाल बिस्तारै बिस्तारै झन झन गरीबिले सताउदै गएको देश,स्विट्जरल्यान्ड को हरियाली बन जंगल सबै अति दुख पूर्ण र संघर्ष पूर्ण मिहिनेत ले बनाइएको र नेपालका प्राकृतिक, हामीले नेपाल लाइ भौतिक रुप मा बिकास गर्न सकेनौ वा सक्षम भएनौ तर स्विट्जरल्यान्डलाइ बिकास गर्न एस देश का नेता देखि जनता सबै ले एक जुट भएर सम्भब बनाए,त्येसैले आज स्विट्जरल्यान्ड बिश्व भरि मा उदाहरण र सपना को देस बनेको छ भने हामि नेपालि को लागि पनि एक किसिम ले नेता हरु को आस्वासन बाड्ने उचित देश, हामीले बिगत केहि वर्ष देखि नेताहरु को भाषण मा धेरै सुन्दै आएको बिषय मध्ये नेपाल लाइ स्विट्जरल्यान्ड बनाउछौ भन्ने भनाइ पनि मुख्य थियो । 
त्रिभुबन अन्तररास्ट्रिय बिमानस्थल मा झरेदेखी मेरो मानसपटल मा भएको १० वर्ष पछि को परिबर्तित काठमाण्डौ हेर्ने रहर मा तुसारापात भयो जब मैले १० वर्ष पछि पनि पुरानै काठमाण्डौ पाए, उही धुवा धुलो,अस्तव्यस्त अब्यबस्थित र अनियन्त्रित, लाग्थ्यो राजधानीमै सरकार को उपस्थिति छैन र सरकारी संयन्त्र ले पकड गुमाउदै गए जस्तो भान हुन्थ्यो,तर व्यक्तिगत रुप मा जनता का महल अब्यबस्थित रुपमा ठडिएका थिए, एक दसक को बिच मा काठमाण्डौ अनियन्त्रित घर हरु ले भरिएछ, सडक को ट्राफिक अस्तव्यस्त,महंगीले आकास छोएको पानि बिजुली को हाहाकार पैलेको भन्दा केहि बढी नै भएको महसुस भयो, अनि फरक यति थियो कि मैले २००२ मा नेपाल छोड्दा नेपाल राजतन्त्रात्मक देश थियो, सासन सत्ता ज्ञानेन्द्र को हात मा थियो भने ऐले को नेपाल संघिय गणतन्त्रात्मक नेपाल थियो,यो नै ठुलो परिबर्तन थियो, जब नेपाल छोडेको थिए तेतिबेला जनता हरु देस र जनता को मुक्ति को लागि भनी संघर्स को मैदान मा रगत बगाउदै थिए, एक किसिम को त्रास थियो तर ऐले देस गणतन्त्र मा गएको थियो, ज्ञानेद्र लाइ नारायणहिटी बाट नागार्जुन तिर फालिएका थिए भने देस मा जनता को छोरा रास्ट्रपति र कार्यकारी प्रधानमन्त्री भएका छन । 
करिब २ दिन को काठमाण्डौ बसाइ पछि म मेरो जन्मस्थल सिन्धुली जिल्ला को जलकन्या गाबिस चपौली तिर लागे,पुराना साथीभाई इस्टमित्र हरु लाइ भेट्न उत्सुक हुदै । अहिले चपौली पुग्न ऐतिहासिक सिन्धुली गढी बाट एक करिब एक घण्टा को पैदल हिडेर पुग्न सकिने रहेछ, जुन बिपी राजमार्ग को निर्माण र संचालन ले सम्भब बनाइदिएको थियो, धन्य जापान सरकार र धन्य जाइका कम्पनि जसले नेपाल र नेपालि जनता को आबस्यकता लाइ पुरा गर्न सहयोग गर्यो । साघुरो सडक भए पनि अति मनोरम र नमुना सडक र पर्यटकीय दृष्टि ले अद्भुत सिन्धुली गढीको बिकास को लागि सरकार र स्थानीय निकाय ले अलिकति पहल गर्न सके सिन्धुली लाइ आन्तरिक र बाह्य पर्यटक ले आकर्सित गर्ने प्रबल सम्भाबना छ,जुन कुरा समय मै सम्बधित निकाय ले बुझ्नु जरुरि हुन्छ जिर्ण सिन्धुलीगढी दरबारको उचित संरक्षण र पुनर्निर्माण तथा एतिहासिक बस्तुको उचित सुरक्षा र सम्बर्धन गर्न स्थानीय निकाय र सम्बन्धित सबै चनाखो हुन आवश्यक छ । हुन् त अलिकति पहल भएको अनुभूति हुन्छ तर त्यति मात्रले पर्याप्त छ जस्तो लाग्दैन । 
स्विट्जरल्यान्ड को एक दसक को बसाइको क्रममा यहाँ आउने ठुला दलका राजनीतिक नेता देखि कतिपय उच्चपदस्थ सरकारी कर्मचारि संग पनि नजिक भएर चिन्ने जान्ने मौका पाइयो कतिपय नेता हरु व्यक्तिगत भ्रमण मा आए त कतिपय नेपाल लाइ स्विट्जरल्यान्ड जस्तै बनाउने भन्दै अध्ययन भ्रमण को सिलसिला मा आए तर प्राय सबै को उद्यस्य नेपाल लाइ स्विट्जरल्यान्ड जस्तै बिकसित र संधिय मोडल मा उदाहारण बनेको स्विट्जरल्यान्डको संघीय राज्य प्रणाली को बारेमा बुझ्नु थियो त्यसै क्रम मा सन् २००७ को जुलाई मा तात्कलिन नेकपा माओबादी संघियता को अध्ययन गर्ने भनी एनेकपा माओबादी का. अध्यक्ष प्रचण्ड, उपाध्यक्ष र हालका प्रधानमन्त्री का. बाबुराम भट्टराई लगाएत सात जनाकोटोली उच्चस्तरीय राजनीतिक भ्रमण को अवसर मा मैले का. प्रचण्ड र का. बाबुराम भट्टराई संग नजिक र संगै रहेर कार्यक्रम मा भाग लिने तथा चिन्ने मौका पाए त्येति बेला नै अध्यक्ष कमरेड र का. भट्टराइ ले स्विट्जरल्यान्ड मा बसेर नेपालि एक्यबाद्दता मंच स्विट्जरल्यान्डले नेपालको गणतन्त्रको स्थापना को लागि आन्दोलनमा खेलेको भूमिका र गरेको पहल को मुक्त कण्ठ ले प्रसंसा गर्नु भएको थियो। डा. भट्टराइ ले भन्नु हुन्थ्यो हाम्रो उद्यस्य भनेको पनि तपाई हरु जस्तो बिदेसिका नेपालि लाइ स्वदेसमै रोजगारी को अवसर श्रीजना गर्नु र समृद्द नेपाल बनाउनु नै हो र स्विट्जरल्यान्ड भ्रमण बाट हामीले त्यो सम्भब देखेका पनि छौ। भौगोलिक रुप ले समान भए पनि हामि बिकासमा पछि परेका छौ तर हामि संग योजना छ हामि त्यो पुरा गरेर देखाउने छौ र त्यो सम्भब छ भन्ने उहाको भनाइ थियो र भ्रमण को अन्त्यमा सम्पर्क गरिरहन र नेपाल आउदा भेट गर्न पनि आग्रह गर्दै उहाको मोबाइल नम्बर पनि दिएर जानु भएको थियो । त्यस पछिका दिनका बिचमा ३/४ पटक उहा संग समसामयिक बिसयमा फोनमा कुरा भए पनि यो पटकको नेपाल भ्रमणमा भेट गर्ने उद्यस्य थियो तर भेट तेती सम्भब देखिएको थिएन किनकी अहिले उहा नेपाल सरकार को कार्यकारी प्रधान मन्त्रि र त्यस माथि पनि बिस्तारित बैठक को चटारो, मैले भेट हुने सम्भब देखेको थिइन। यसै क्रम मा मैले नजिक बाट चिनेका र आत्मीय सम्बन्ध बनाएका केहि उच्च राजनीतिककर्मी र केही अहिले नेपाल सरकारका मन्त्रिहरु हुनुहुन्छ लाइ सम्पर्क गर्ने कोसिस गरेको थिए कति ले फोन नै उठाउनु भएन ! सम्झे लोकल  नम्मर भएर नउठेको होला भनि आफ्नो परिचय सहित एस एम एस गरे तर उहाहरु ले सम्पर्क गर्ने कोसिस गर्नु भएन, स्विट्जरल्यान्ड बाट फोन गर्दा १/२ घन्टी मै फोन उठाउने कमरेड हरु नेपाल बाट सम्पर्क गर्न खोज्दा सम्पर्क मा नआउनु आफैमा अचम्म कुरा थियो, त्यस पछि मैले थोरै आसा लिएर प्रधानमन्त्री डा. भट्टराइ को मोबाइल मा फोन गरे तर उहाको मोबाइल प्रम भए पछि ब्लक गरिएको रहेछ अनि उहाका सहयोगी बिश्वोदिप पाण्डे (जसलाई स्विट्जरल्यान्ड भ्रमण को बेलामा नजिक बाट चिन्ने मौका मिलेको थियो)लाइ सम्पर्क गर्दा उहाले पनि आफ्नो मोबाइल अर्कै सहयोगी लाइ दिनु भएको रहेछ र उहा संग पनि कुरा हुन् नसके पछि प्रधानमन्त्री का स्वकीय सचिब सिन्धुली कै गङ्गा श्रेष्ठ लाइ सम्पर्क गर्दा उहाले समय मिलाउन नसक्ने कुरा बताउनु भयो ।

 हुन् त मेरो उहाहरु संग न कुनै काम लिनु थियो न केहि स्वार्थ पूर्ति गर्नुनै थियो । यसै क्रम मा एनेकपा माओबादीको सातौ बिस्तारित बैठक जुलाई १६ देखि २० सुरु भयो र उक्त बैठक मा युरोप को तर्फ बाट मैले पनि भाग लिने अवसर मिल्यो जुन मेरो लागि गौरब को कुरा थियो । एस प्रकारको उच्च तहको बैठक मा भाग लिने र उच्च नेतृत्व संग प्रतक्ष छलफल र बहस गर्ने अवसर थियो। बिस्तारित बैठक को सन्दर्भमा पुर्ब मन्त्रि तथा एनेकपा माओबादी नेता का. गिरिराज मणि पोख्रेल संग फोन सम्पर्क भयो र उहाले अत्यान्त व्यस्त समय निकालेर हाम्रो युरोपको टोलि सुरेन्द्र भुसाल, कृष्ण तिवारी बेल्जियम र मलाइ भेट गर्न को लागि पार्टी कार्यालय पेरिसडाडा मा बोलाउनु भयो । भेट मा उहाले अध्यक्ष का. प्रचण्ड र उपाध्यक्ष का. भट्टराइ संग बिस्तारित बैठक को आसपासमा हाम्रो युरोपको टोलि लाइ भेट गराउने बिस्वास दिलाउनु भयो साथै शिक्षा मन्त्री दिनानाथ शर्माले पनि अध्यक्ष का. प्रचण्ड र उपाध्यक्ष का. भट्टराइ संग हाम्रो टोलि लाइ भेट गराउने बिस्वास दिलाउनु भयो ।
बिस्तारित बैठक निर्धारित मिति भन्दा एक दिन ढिला सुरु भएको थियो र उद्घाटन को दिन जुलाई १६ तारिख का दिन हामि बैठक हल मा उपस्थित थियौ भृकुटी मण्डप को झकिझकाउ र भब्य हल बाहिर वाइसियल र सुरक्षा कर्मी को उच्च सुरक्षा जाच पछी हलमा प्रबेस गर्दा आफुलाई गौरबान्दित र उत्साहा पैदा भएको थियो।  उद्घाटन समारोह मा सम्पूर्ण नेत्रित्वो पंक्ति नजिकै रहेर सहभागिता जनाउदा तथा अध्यक्ष का. प्रचण्ड बाट सातवटा मैनबत्ती बालि बैठकको उद्घाटन गर्दाको मौहल धेरै रोमान्चित र जोसिलो थियो तर पूर्ण भने थिएन किनकि हिजो संगै लडेका र एउटै मोर्चामा काम गरेका एउटै मंचमा बसेका र एउटै सिद्दान्त बोकी हिडेका केहि कमरेडहरु छुट्टिएर जादा कता कता अपुरो र केहि नपुगे जस्तो महसुस त्यहाँ उपस्थित हामि लगाएत सबै ले गरेको अनुभूति भयो ।
पहिलो दिनको कार्यक्रम सकिए पछी छुट्ने बेलामा कार्यक्रमको मंच नजिकै एक्कासि मेरो भेट प्रधानमन्त्रि डा. बाबुराम भट्टराइ संग भयो र नमस्कार आदानप्रदान भयो । त्यसबेला उहा सुरक्षा कर्मीको कडा सुरक्षाका साथ सभा हल बाट बाहिर जादै हुनुहुन्थ्यो। त्यै पनि उभिएर आफुले नबिर्सेको र अझै आफुलाई सम्झना भएको कुरा बताउनु भयो र युरोप को तर्फ बाट कसकसले प्रतिनिधित्व गरेको भनी चासो व्यक्त गर्नु भयो मैले हामि तिन जना आएको र आफुले भेट गर्ने कोसिस गरे पनि सम्भब नभएको जानकारी गराए पछी उहाले तुरुन्तै संगै रहेका सहयोगी प्रसान्त लामिछाने लाइ उहाहरु को समय जसरि भए पनि मिलाउनु भनी निर्देसन दिदै पछि भेट गर्ने भनी बिदा हुनु भयो। उहाका सहयोगी प्रसान्त लामिछाने ले मेरो सम्पर्क नम्मर लिनु भै समय मिल्ना साथ खबर गर्ने बाचा गर्नु भयो । कार्यक्रम को दोश्रो दिन बिहान आठ बजे को लागि कमरेड गिरिराज मणि पोख्रेल ले अध्यक्ष कमरेड संग भेटघाट को समय मिलाउनु भएको रहेछ। कमरेड पोख्रेल संगै हाम्रो टोलि अध्यक्ष का. प्रचण्ड लाइ भेट्न उहाको निबास मा गयौ । भेट अत्यान्त सौहार्द र उपलब्धिमुलक बन्यो । यस भेट को बारेमा अर्को लेख मा लेख्ने कोसिस गर्ने छु, र दिउसो को कार्यक्रम पस्चात जनमुक्ति सेना को माग सम्बोधन गर्ने बिषय मा बिबाद भएपछि कार्यक्रम स्थगित भयो र हामि पनि छुट्टियौ ,त्यतिबेला दिनको चार बजेको थियो र म पनि घर बालाजु तर्फ लागे जब म माछापोखरी पुगेको थिए उनी प्रधानमन्त्री का सहयोगी प्रसान्त लामिछाने को फोन आयो र उहाले प्रधानमन्त्री संग छ बजे को समय मिलाएको र जसरि पनि समय मा आइपुग्नु होला भन्ने जानकारी गराउनु भयो । त्येस बेला साझा को ५ बजिसकेको थियो मैले तत्काल हाम्रो युरोप टोलीका सुरेन्द्र भुसाल जी लाइ सम्पर्क गरि उहा संगै रहनु भएका कृष्ण तिवारी संग ट्याक्सी मा बालुवाटार पुग्न भनी म पनि स्कुटरमा माछापोखरी बाट बालुवाटार तर्फ लागे । हामि बालुवाटार पुग्दा ५.४५ बजेको थियो प्रसान्त जी ले हाम्रो नाम गेटमा टिपाई दिनु भएको रहेछ हामि सुरक्षा जाच गरि प्रधानमन्त्री को प्रतिक्षा मा बसेका थियौ करिब ५.५५ मा प्रधानमन्त्री को बालुवाटार प्रबेस भयो र हामीलाई भित्र जान अनुमति दीइयो,हामि प्रधानमन्त्री को कोठा मा प्रबेस गर्यौ  । करिब ३ मिनेट पछी प्रधानमन्त्री बैठक कक्ष मा प्रबेस गर्नु भयो र हामीसंग आत्मियता का साथ अभिबादन गर्दै मिठास,नम्र र सरल ब्यबाहार का साथ युरोप र स्विट्जरल्यान्ड को अबस्था को बारेमा रुची का साथ जानकारी लिनु भयो र उहाले ५ वर्ष पैलेको आफ्नो स्विट्जरल्यान्ड भ्रमण को सम्झना गर्नुभयो । सार्है सरल रुप मा प्रस्तुत हुनु भएका प्रधानमन्त्री संग हामीले समसामयिक बिषयमा कुरा गर्दै एक घण्टा बितायौ । यस्तो व्यस्त समय त्यसमाथि जनमुक्ति सेनाको बिरोधले गर्दा कार्यक्रम स्थगित भएको दिन हुदा पनि उहा केहि हतास नभई हामि सामु प्रस्तुत हुनु भयो र अन्त्यमा आफ्नो बाध्यता को दुखेसो पोख्नु भयो । संक्रमण कालमा चाहे जति गर्न नसकिएको जनताका आधारभूत आबस्यकता लाइ चाहिने जति सम्बोधन्र र कार्यान्वनय गर्न नसकिएको गठबन्धन सरकार भएको ले आफ्नो चाहना र योजना लागु गर्न कठिनाइ भएको ,आफुलाई स्वतन्त्र रुप ले काम गर्न नदिइएको तथा गरेका राम्रा काम को पनि बिरोध को लागि बिरोध गर्ने प्रवृति हाबी भएको तर राजनीतिक उपलब्धिहरु हासिल गर्न सकिएको र बिस्तारै आर्थिक बिकासमा देस लाइ लैजाने आफ्नो योजना भएको र त्यस्मा आफु लागि परेको तर कतिपय योजना र काम मा आफुलाई आफ्नै पार्टी बाट,बिपक्षी दल हरु बाट पनि बिरोध को बाबजुद काम गर्दा को अफ्ठ्यारो परिस्थितिको बारेमा दुखेसो गर्नु भयो। युरोप मा बसेर नेपालि क्रान्ति मा गरेको योगदान, सहयोग,गणतन्त्र स्थापना को लागि बिदेसी भुमि मा उठाएको आबाज र एक्यबद्दता को लागि धन्यबाद दिदै हामीलाई अझै देस र जनता को लागि सदैब काम गर्ने दिशा मा अग्रसर हुन् आग्रह गर्नु भयो।  करिब एक घण्टा बढी को सामुहिक छलफल पछि सामुहिक तस्बिर खिची पछि पनि सम्पर्क मा रहने बाचा गर्दै हामि प्रधानमन्त्री भट्टराइ बाट बिदा भयौ।
    यस भेट भन्दा पछि मेरो मस्तिस्क मा जो व्यक्ति राष्ट्र र जनता को लागि यति धेरै गम्भीर हुन्छ केहि गरौ भन्छ आफु भन्दा माथि देस र जनता लाइ राखेर राष्ट्र र जनता प्रति समर्पित हुन्छ हामि तेस्तो व्यक्तिले गर्न लागेको काम मा तगारो बन्छौ, कुनै एउटा बिल्ला भिराइदिन्छौ, खुट्टा तान्ने काम गर्छौ र असहज परिस्थिति को श्रीजना गरिदिन्छौ, हाम्रो कमजोरी भनौ या परम्परा अरु ले गरेको राम्रो काम लाइ राम्रो भन्न सक्दैनौ, बिचार को आधार मा उसको काम को मुल्यांकन गर्छौ, यो एक किसिम ले हाम्रो सस्कार जस्तै बनेको छ, यदि राम्रो काम को तारिफ गर्ने हो भने र गलत काम को बिरोध गर्ने हो भने राम्रो गर्ने लाइ हौसल्ला र नराम्रो गर्ने ले सुध्रने मौका पाउने थियो, हो प्रधानमन्त्री बनेपछि डा .बाबुराम भट्टराइ ले गरेका केही काम हरु बिबादास्पद छन् होला ,ति राष्ट्रको हित मा या रास्ट्रियताको बिरुद्धमा छन् तिनको मुल्यांकन नेपालीजनता र इतिहास ले गर्ला तर प्रधानमन्त्री भए पछि डा. भट्टराइ ले सुरु गरेका अनगिन्ति राम्रा काम लाइ छाया मा पारेर एक किसिम ले बिरोध को लागि बिरोध गर्ने प्रवृति नेपालि राजनीति मा हाबी भएको छ। जब केहि गर्न खोजिन्छ तब कि त भोट बटुल्ने काम गर्न सुरु गर्यो भनिन्छ कि त राजनीतिक प्रोपोगान्डा भनी बिरोध सुरु गरिन्छ । 

मेरो एक जना पुराना मित्र रामकुमार बिसी,जो भुतपुर्ब शिक्षक र हाल ब्यापारी हुनुहुन्छ उहाले भन्नु हुन्थ्यो काठमाण्डौ को बाटो फराकिलो गराउने काम नत अरु सरकार ले गर्न सके न त भबिस्यमा कसैले गर्न सक्थे। जुन काम डा. भट्टराइ नेतृत्व को सरकारले गर्ने आट गर्यो, जहाँ धेरै अबरोध को पर्बाह बाबुराम सरकार ले गरेन, राजनीतिक पार्टी को दबाब र बिरोध देखि लिएर कुटनीतिक दबाब सम्म व्यापारीको दबाब देखि लिएर रघुजी पन्त र पम्फा भुषाल जस्ता हरु को सडक आन्दोलन लाइ पर्बाह नगरी काम गरेको मा उहा बाबुराम भट्टराइ को प्रसंसक बन्नु भएको रहेछ। मेरो करिब छ हप्ता को नेपाल बसाइ मा धेरै पुराना मित्रजन हरु संग भेट घाटको क्रम मा पनि उहाहरुको एउटै भनाइ थियो बाबुराम लाइ स्वतन्त्र रुप मा काम गर्न दिने हो भने केहि गर्ने आस जनता ले अझै त्यागेका छैनन र नेपालको ईतिहासमा न त डा. भट्टराई जस्ता बिदान प्रधानमन्त्री भय न त भबिस्यमा हुनेनै छन...?
मेरो लेख को आसय डा भट्टराइ प्रति कुनै आसय र आस्था बाट प्रेरित नभई उहाको उच्चव्यक्तित्व बाट प्रभाबित भएर मात्र हो। उहाको प्रधानमन्त्रीत्व काल को मुल्यांकन र समिक्षा नेपालि जनता ले र इतिहास ले गर्ला मेरो भनाइ मात्र राम्रो काम को प्रसंसा र नराम्रो काम को स्वस्थ आलोचना गर्ने नै हो ।

(लेखक नेपाली एक्यबद्दता मंच स्विट्जरल्यान्ड का अध्यक्ष हुन्)

Related

विचाररसाहित्य 2806091217482400567

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item