चरेस बोकेको अभियोगमा पक्राउ परेकाको छानविन सुरु



प्रकाश सुन्दास,  काभ्रे, मसिंर २९ । 
चरेस बोकेको अभियोगमा चिनियाँ प्रहरीद्धारा पक्राउ परेका सिन्धुपाल्चोक जिल्लाको सेलाङ गाविस वडा नम्बर २ का सञ्ज तामाङमाथि  चिनियाँ अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका छन् ।  तामाङलाई गएको २२ गते १ किलो चरेससहित चिनियाँ प्रहरीले खासाबाट पक्राउ गरेपनि कोदारीको नेपाली अध्यागमन कार्यालयमा भने २४ गते मात्रै  जानकारी गराएका थिए । नेपाली अध्यागमन प्रमुख जगनाथ शार्माका अनुसार तामाङलाई केहिदिन भित्रै छाडिने सम्भावना पनि छ । 

तामाङ चरेस कारोबारमा संलग्न नरहेको र कसैले फसाएको भन्दै आफन्तहरुले सकुशल रिहाइका लागि पहल गरिदिन नेपाली अधिकारीहरुसँग आग्रह गरेका छन् । तातोपानी सीमामा चिनियाँ सामान बोकेर दैनिक गुजारा चलाउँदै आएका तामाङलाई खासाको चिनियाँ अध्यागमनले चेक जाँचका क्रममा पक्राउ गरेको थियो । चीनमा लागु औषध कारोबारसम्बन्धी मृत्युदण्ड सम्मको सजाय हुन सक्ने कानुनी प्रावधान 
छ ।  

Related

राष्ट्रिय 5047617393045264659

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item