सुन्तला उत्पादन घट्यो



  बागलुङ,मसिंर २९ । 
बागलुङमा यस वर्ष सुन्तला उत्पादन घटेको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार  जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा पाँच प्रतिशतले कमी  आएको हो । बागलुङमा गत वर्ष १ हजार ९ सय २३ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष १ हजार ८ सय २६ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यलय बागलुङले जनाएको छ । 

सुन्तला समय भन्दा अगाडी पाकेको, फुल र फल धेरै झर्नुका साथै रुख मर्ने समस्याका कारण सुन्तला उत्पादनमा कमी आएको कुषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकृत तप्त गुरुङले जनाकारी दिनुभयो । जिल्लाको विहुँ, सिगाना, दमेक, हरिचौर, भुकुण्डे, तित्याङ, मालिका, जैदि, छिस्ती र पालालगायतका गाविससहित जिल्लाको ३ सय २१ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएको छ । बागलुङको शिशाखानी गहिराखेतका ३० घर किसानहरुले सुन्तलाखेति गर्दे आए पनि  सुन्तलाले बजार नपाएको बताएका छन् ।

Related

प्रमूखखबरहरु 4593819153184682714

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item