खोटाङमा रेडपाण्डा रहेको पुष्टी



  खोटाङ,मसिंर २९ । 

खोटाङमा रेडपाण्डाको बसोबास रहेको पुष्टी भएको छ । रेडपाण्डाको बसोबास रहेको भनिएका सम्भावित क्षेत्रमा गरिएको प्रारम्भिक अनुसन्धानबाट पहिलोपल्ट जिल्लाको फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको हो । एक अन्तर्राष्ट्रिय संस्था रेडपाण्डा नेटवर्कको आर्थिक तथा प्राबिधिक सहयोगमा हिमाली संरक्षण मञ्चताप्लेजुङले गरेको प्रारम्भिक अनुसन्धानबाट फेदी गाविसको थामखर्क, चिलिम लाहुरे, बगाले, छेउलाहाने, फुङ्गालुङ, पौडीपाखा, छिमालुङ, पाथेका गाबिसको कोप्चे, मेरुङ, चारसाँढे, खार्ताम्छा गाबिसको भिरपानी तथा सुङ्देलको दयालुबमार बनपाला सामुदायिक वनमा रेडपाण्डा रहेको पुष्टि भएको हो । 

सम्भावित क्षेत्रको जंगलमा रेडपाण्डा चरेको स्थान, बसेको ठाँउ, ईस्क्याट दिसालगायतका चिन्हहरुका आधारमा जिल्लामा रेडपाण्डा रहेको पुष्टी भएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक एबं रेडपाण्डा नेटवर्कका प्रतिनिधि रमेश राईले बताउनुभयो । स्थानीय बन उपभोक्ताहरुले पटक–पटक आफ्नो सामुदायिक वन क्षेत्रमा रेडपाण्डा भेटिएको दाबी गर्दै आएपछि नेटवर्कले यसबारेमा पहिलोपल्ट अनुसन्धान अघि बढाएको थियो ।

Related

विविध 288711703450189566

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item