माओवादी बाधक: पौडेल



चितवन,मसिंर २९ । 
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतीय सरकार गठनका लागी एकिकृत नेकपा माओवादी वाधक भएको वताउनु भएको छ । प्रेस युनियन चितवनले नारायणगढमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै पौडेलले माओबादीको अडानका कारण निकास पाउन नसेकेको आरोप लगाउनुभयो ।  गतिरोध अन्त्यका लागी प्रयास भएपनि माओवादीनै वाधा गरीरहेको उहाँको भनाइ छ । राष्ट्रपतिले सहमतिका लागि पटकपटक प्रयास गरेको बताउँदै नेता पौडेलले पछिल्लो पटक राष्ट्रपतिले दिएको समयसीमाभित्र पनि सहमती जुट्ने सम्भावना नरहेको दावी गर्नुभयो । 

माओवादी र मधेशवादी दलहरुले नयाँ निर्वाचन नचाहेकाले काग्रेशलाई सरकारदिन नचाहेको आरोप पौडेलको छ । काग्रेसलाई सरकार दिए निर्वाचन हुने डरले सत्तारुढ दल आत्तिएको उहाँले वताउनु भयो ।  पौडेलले बर्तमान सरकार आन्दोलनबाटै हटाउने चेतावनी दिनु भयो ।  मुलुकले निकास नपाए पौष सुरु भएलगत्तै बस्ने विपक्षीहरुको बैठकले आन्दोलनको उपसभापति पौडेलको भनाई छ ।

Related

राष्ट्रिय 2563650978706348377

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item