धादिङमा बस दुर्घटना ३ जनाको मृत्यु, २६ घाइते


  धादिङ,माघ ५ ।
आज बिहान पौने ४ बजेतिर धादिङको पीडा २ पोखरेखोलाबाट त्रिशुली नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । वीरगंजबाट काठमाण्डु जाँदै गरेको ना ४ ख ६११७ नम्बरको बस नदीमा खसेको र ३ जनाको भने शव प्राप्त भइसकेको प्रहरीले जनाएको छ ।

मृतक एक महिला र २ जना पुरुष भए पनि सनाखत भने भइनसकेको जनाइएको छ । दुर्घटनामा २६ जना घाइते भएकोमा १५ जनालाई थप उपचारको लागि काठमाण्डु पठाइएको र बाँकीको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related

राष्ट्रिय 2915817170140033337

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item