बस दुर्घटनामा चार यात्रुको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/accident_21.html
काठमाडौं, ७ माघ । धादिङ जिल्लामा यात्रु बाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० यात्रु घाईते भएका छन् । ज्यामरुङ गाविसको गोलाभञ्ज्याङस्थित मोडमा ना २ ख ४९८५ नम्वरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
क्षमता भन्दा बढि यात्रु रहेको र चालकले बसलाई नियन्त्रयणमा लिन नसके पछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । मृत्यु भएकाको सनाखत हुन सकेको छैन । बसमा करीव ५० यात्रु सवार थिए । सबै यात्रु घाईते छन् । घाईते मध्ये गम्भीर अवस्थाका २५ यात्रुलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । दुर्घटना सम्बन्धी पूर्ण विवरण आउन बाँकी छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !