डेकेन्द्र थापा हत्या प्रकरण

http://sindhulidarpan.blogspot.com/2013/01/dekandra-thapa.html
काठमाडौं, माघ ८ ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका बारेमा प्रहरीले आज देखि स्थलगत अध्यन गर्ने भएको छ । बिंसं.२०६१ साल साउनमा तत्कालिन माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेका पत्रकार थापाको हत्याका बिषयमा दैलेख प्रहरीले आजबाट स्थलगत अध्ययन–अनुसन्धान गर्न लागेको हो ।
प्रहरीले थापालाई अपहरण गरी लगेको स्थान नौमुले गाबिस, हत्या गरिएको स्थान द्धारी गाबिस लगायतका क्षेत्रमा पुगेर हत्याका प्रत्यक्षदर्शीहरुसंग कुराकानी र छलफल गरिने जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बिनोद शर्माले जानकारी दिनु भयो ।
हत्या अभियोगमा पक्राउ परेकाहरुले दिएको बयानमा पत्रकार थापाले पानी मागेको ठाउँ, जिउँदै गाडिएको स्थल लगायतका ठाउँमा पुगी हत्याबारे थप अनुसन्धान गरिने अनुसन्धान अधिकृत शर्माले बताउनु भयो ।
थापाको हत्याको अभियोगमा ५ जना पक्राउ परेका छन् । पक्राउ परेका अभियुक्तहरुले हत्यामा कम्तीमा १५ जनाको संलग्नता रहेको बयान दिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !