फाईनान्स मार्फत ठगी गर्ने अमर पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/01/finance.html
काठमाडौं, माघ ७ ।
काठमाडौंको सीतापाईलामा रहेको ‘नव पालुवा बचत तथा ऋण सहकारी संस्था’का तत्कालीन अध्यक्ष अमर नेपालीलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको छ । सीतापाइला–४ निवासी अमरलाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६८ साल माघ–१२ गते १ बर्ष कैद र १२ लाख ८० हजार रुपियाँ जरिवाना तथा सोही बमोजिम बिगो ठहर गरेको थियो । सजाय पाएका अमर फरार थिए ।
३८ बर्षीय अमरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । सहकारी संस्थाका तत्कालीन अध्यक्ष अमरले ठगी गरेको भन्दै साम्वराज अर्यालले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले अमरलाई सजाय तोकेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !