बर्दिबासमा बजारमा पकेटमारको विगविगी


अनु खनाल,
बर्दिबास,माघ ७ ।

महोत्तरीको बर्दिबास बजारमा केही समययता पकेटमारहरुको विगवीगी बढेको छ । झण्डै १५ दिनको अन्तरालमा बर्दिबास बजारमा मात्र ३०  हजार रुपैँया र मोवाइल  सेटहरु चोरी भएको पाइएको छ । साताको बुधबार र शनीबार लाग्ने बर्दिबास बजारमा बर्दिबास ५ की रमा अधिकारीले आफ्नो साथमा रहेको ६ हजारको नोकीया मोवाइल सेट र साथमा रहेको १ हजार रुपैयाँ पनि चोरी भएको गुनासो गर्नुभयो । त्यसैगरी सामान किन्न आएकी बर्दिबासकी मन्जु पौडेलको पनि ५ हजार रुपैयाँ चोरी भएको बताउनुभयो । 

यस्तै बर्दिबासकै नाम नबताउने शर्तमा एक महिलाले वैँकबाट पैसा लिएर बजारपसी सामान कीन्न जादा साथमा रहेको २० हजार रुपैयाँ बजारबाट नै चोरी भएको बताएकी छन । यसरी बजारपीच्छै पैसा र मोवाइल हराउन थालेपछि महिलाहरु त्रसित बनेका छन् । 

चोरीका घटना दिन प्रतिदीन बढ्दा पनी प्रहरीले वेवास्ता गरेको सर्वसाधरणको गुनासो छ । इलाका प्रहरी कार्यालय  बर्दिबासका प्रहरी निरीक्षक बाबुराज खड्काले यस्ता घटनाको बारेमा कुनै सूचना नआएकोले अव देखि पकेटमारहरुलाइ नियन्त्रणमा लिने कार्य अघि बढाउने बताउनुभयो ।

Related

विविध 6097628891019257147

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item