सिन्धुलीका द्धन्द्ध पिडितलाई एनआरएन ईजरायलको एक लाख


उमेश वानिँया,
काठमाण्डौ,माघ ७ ।
गैर आवासिय नेपाली सघं (एनआरएन) का अध्यक्ष जिवा लामिछानेले सिन्धुलीका द्धन्द्धपिडित वालवालिकाको लागी नगद एक लाख नगद उपलव्ध गसाउनुभएको छ । एनआरएन ईजरायलले च्यारिटी सोवाट रकम गरेको रकम आज एक कार्यक्रमका विच सिन्धुली दर्पण अनलाईनका सम्पादक एसवी. गौतमलाई हस्तान्तरण गर्नुभएको छ । 
सिन्धुली दर्पण अनलाइनका सम्पादक एसवी गौतमलाई रकम हस्तान्तरण गर्दै एनआरएनका अध्यक्ष जिवा लामिछाने ।
एनआरएन इजरायलले गएको तिहारमा नेपाली चलचित्र "थ्रि लभर्स"को प्रिमियर सो गरेवापत सकंलित रकम उपलव्ध गराएको हो । एनआरएनका अध्यक्ष जिवा लामिछानेले रकमको सदुपयोग गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले भन्नुभयो प्रवासमा नेपालीले कडा मेहनत गरेर रकम पठाईरहेका छन् त्यसको सहि सदुपयोग हुन आवश्यक छ । समाज परिवर्तमा एनआरएनको धेरै लगानी रहेको र आगामी दिनमा पनी लगानी गर्न तयार रहेको समेत लामिछानेले वताउनुभएको छ ।  बिबिसी नेपाली सेवाका प्रमुख एवं परोपकारी अक्षय कोषका अध्यक्ष रविन्द्र मिश्रले विदेशमा रहेका नेपालीहरुले सामाजिक काममा गरेको सहयोग प्रशंसा योग्य रहेको वताउनुभएको छ । परोपकारी कोषले लिएको  उदेश्य पुरा भएपछि नेपालका धेरै जिल्लाहरुमा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा   लगानी गर्ने उहाँले वताउनुभयो । एनआएएन तथा प्रवासी नेपालीले  परोपकारी कोषलाई रकम सकंलनमा ठुलो साथ सहयोग गरेको  मिश्रले वताउनुभएको छ ।कार्यक्रममा सिन्धुलीमा द्धन्द्धपिडित वालवालिकाहरुको लागी सहयोग गर्न पठाइएको नगदले ठुलो भुमिका खेल्ने र आगामी दिनमा आफुहरुपनी सहयोगको लागी तयार रहेको मिश्रले वताउनुभयो ।

सिन्धुलीवासी कृजल केसी लगायतको सक्रियतामा ईजरायलमा भएको च्यारिटी सोवाट सो रकम सकंलन गरिएको थियो । सोहि कार्यक्रममा एनआरएनले रोल्पा  एवं भक्तपुरका वालवालिकाको लागी र  परोपकारी कोषलाई रकम उपलव्ध गराएको थियो । साथै सिन्धुलीमा द्धन्द्धपिडित वालवालिकाको लागी आएको रकम समाजसेवी अमरद्धिप देवकोटाको संयोजकत्वमा लगानी गर्ने सिन्धुली दर्पण अनलाइनका एसवी गौतमले कार्यक्रममा वताउनुभएको थियो । उहाँल देख्दा सानो रकम जस्तो लागेपनी   सहि ठाउँमा लगानी गर्ने र त्यसको प्रभाव दिर्घकालिन हुने वताउनुभएको छ ।

Related

फोटोखबर 9045848729547089654

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item