सिन्धुलीका २ सय सहकारीले लेखापरिक्षण स्विकृती नलिएको खुलासा


सिन्धुली,माघ ७ ।
सिन्धुलीका करिव २ सय सहकारीहरुले लेखापरिक्षणका लागि स्वीकृती नलिएको खुलासा भएको छ । जिल्लामा रहेका करिव ४ सय सहकारीहरु मध्ये ५० प्रतिशत भन्दा वढि सहकारीहरुले लेखारिक्षणका लागि स्वीकृति नलिएको सहकारी डिभीजन कार्यालय जनकपुरका प्रमुख परमेस्वर यादवले जानकारी दिनुभयो । जिल्लामा वचत तथा ऋण, कृषि, बहुउद्देश्य, जुनार, मौरीपालन, सन्चार, पशु लगायतका गरि करिव ४ सयको हाराहारीमा सहकारीहरु रहेका छन् । प्रत्येक आर्थिक वर्षको तीन महिनामा लेखापरिक्षक नियुक्त गरेर सँस्थाको लेखापरिक्षण गराइसक्नुपर्ने भएपनि आधा भन्दा वढि सहकारीहरुले लेखापरिक्षणका लागि स्विकृति नलिएको खुलासा भएको हो ।
डिभिजन कार्यालयमा दर्ता भएका सम्पुर्ण सहकारीहरुले तोकिएको समयमा लेखापरिक्षण गराउनुपर्ने सहकारी ऐन २०४८ को दफा ३७ मा उल्लेख गरिएको छ । तर त्यसको वारेमा चेतना नभएको र लापर्वाहीका कारण पनि सहकारीहरुले लेखापरिक्षणका लागि स्विकृति नलिएको डिभिजन कार्यालय जनकपुरका प्रमुख परमेस्वर यादवले वताउनुभयो । दुई वर्षसम्म लेखापरिक्षण नगराउने र साधारण सभा पनि नगर्ने सहकारी सँस्थाहरुको दर्ता खारेजी गर्ने सहकारीको नियम रहेको पनि यादवले वताउनुभयो । गत वर्षहरुमा सिन्धुलीमा केहि सहकारीहरुको दर्ता खारेजी गरिएपनि यस वर्षभने सिन्धुलीमा दर्ता खारेजी प्रकृया सुरु नभएको वहाँको भनाइ छ । चालु आर्थिक वर्षको तेश्रो चौमासिकमा सिन्धुलीमा अनुगमन तथा निरिक्षण गरेर नियम विपरित सन्चालन भएका तथा काम नगरेका सहकारीहरुको दर्ता खारेजी गरिने यादवले वताउनुभयो । दर्ता खारेजीवाट जोगाउनका लागि सम्पुर्ण सहकारीहरुलाई समय अगावै सहकारीको नियम अनुसार सन्चालनमा आउन आग्रह गरिएको सहकारी संघ सिन्धुलीका सचिव कृष्ण गौतमले जानकारी दिनुभयो ।

Related

स्थानिय 5097935735289180011

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item