नेपालको राजनीति सुधार्न नेताहरु नै अगाडी आउनु पर्ने नायक राजेश हमालको भनाई

http://sindhulidarpan.blogspot.com/2013/01/rajesh-hamal.html
सुरेश बिडारी,
सर्लाही,माघ ७ ।
महानायक राजेश हमालले नेपालको राजनीति सुधार्न नेताहरु नै अगाडी आउनु पर्ने बताउनुभएको छ । जनताले जिम्मेवारी दिएर पठाएका नेताहरुमा नै चेतना आउनुपर्ने उहाँको भनाई थियो । सर्लाहीको हरिवनमा आज भएको पत्रकार सम्मेलनमा हमालले नेपालको राजनीतिमा चासो राख्नु सबै सचेत नागरिकको कर्तव्य भएको बताउनुभयो । आफू अहिले नै राजनीतिमा हाम नफाल्ने बताउँदै उहाँले भविष्यमा भने लाग्न सक्ने संभावना औल्याउनुभयो ।

स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने चर्चा भैरहेको समयमा तपाईलाई प्रधानमन्त्रीको प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले आम नेपालीको चाहना भयो भने चुनौती स्वीकार गर्न आफू तयार रहेको जनाउनुभयो । देशको राजनीतिको बारेमा कुराकानी गर्दा निकै चिन्तित देखिनुभएका हमालले राजनीतिक स्थिरता नभएसम्म चलचित्र क्षेत्रको विकास नहुने बताउनुभयो ।
चलचित्र विकास बोर्डमा चलचित्रलाई बुझेको व्यक्ति आए चलचित्र क्षेत्रको विकास हुने उहाँको अपेक्षा थियो । सिनेमा क्षेत्रमा धेरै चुनौती रहेको स्वीकार गर्दै महानायक हमालले समय सापेक्ष चलचित्र बन्न नसक्दा चलचित्रले सोचेको बजार पाउन नसकेको उहाँले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !