बिष तथा करेन्ट हालेर माछा मार्ने बारे जानकारी दिनेलाई पुरस्कार

http://sindhulidarpan.blogspot.com/2013/01/blog-post_20.html
केदार मगर,
खोटाङ,माघ ७ ।
खोटाङको मेवा, सावा र साप्सु खोला संरक्षण समितिले खोलामा बिष तथा करेन्ट हालेर माछा मार्नेहरुको बिषयमा जानकारी दिने व्यक्तिलाई पुरस्कृत गर्ने भएको छ । आफ्नो आँखा छलेर खोलामा बिष तथा करेन्ट हालेर माछा मार्नेक्रम नरोकिएको भन्दै संरक्षण समितिले मेवा खोला, सावा खोला र साप्सु खोलामा बिष तथा करेन्ट हालेर माछा मार्नेहरुको बिषयमा स–प्रमाण जानकारी दिने व्यक्तीलाई पुरस्कृत गर्ने भएको हो ।

विष तथा करेन्टका कारण खोलामा भएका बिभिन्न प्रजातीका माछा बाहेक पानीमा भएका सबै जलचर नाश भएको र पर्यावरणमा प्रतिकूल असर परेको भन्दै जलचर संरक्षणमा कडाई गरिएको मेवा सावा र साप्सु खोला संरक्षण समितिका सचिव निर्मल राईले जानकारी दिनुभयो । लफ्याङ, मात्तिम, दोर्पा र रतन्छा गाबिसका प्रतिनिधि सम्मिलित संरक्षण समितिले मेवा खोला, सावा खोला र साप्सु खोलाबाट निकासी हुने गिटी, बालुवा तथा ढुंगाको मुल्य पनि निर्धारण गरेको छ । साप्सु खोलाको दशमुरे पुलमा बसेको समितिको बैठकले बालुवा प्रति ट्याक्टर एक हजार, गिटी प्रति ट्याक्टर पाँच सय र ढुंगा प्रति ट्याक्टर तीन सय मुल्या निर्धारण गरिएको सचिव राईले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !