धनुषाको धनुषाधाममा मकरमेला आजबाट सुरु

http://sindhulidarpan.blogspot.com/2013/01/dhanusha.html
जीतेन्द्रप्रसुाद सिंह,
जनकपुर,माघ ७ ।
धनुषा जिल्लाको धनुषाधाममा आजबाट मकर मेला सुरु भएको छ । आजबाट सुरु भएको मेला माघ महिना भर प्रत्येक आइतबार मात्र लाग्ने छ । धनुषाको सदरमुकाम जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा पर्ने धनुषाधाम नगरपालकामा अवस्थित धनुष मन्दिरमा पूजा गर्न तथा भाकल गर्न आज बिहानैदेखि मन्दिरमा दर्शनार्थहरुको र्घइचो लागेको छ ।

धनुष मन्दिरमा तन मन धनले पूजा गनुका साथै भण्टाको भरिया चढाए चर्म रोग, मूसा रोग निको हुने तथा दुःख, कष्ट नष्ट हुने मान्यता छ । मेलामा धनुषा, सिरहा, सुनसरी, सप्तरी, महोत्तरी लगायत भारत बिहारबाट पनि हजारै संख्यामा श्रद्धालूहरु आउने गर्छन ।
त्रेता युगमा राजा जनकको छोरी सीताको स्वयंवर कार्यक्रममा भगवान श्रीरामले धनुषलाइ भांच्ने क्रममा धनुष तीन टुक्रा भएको र त्यसमध्ये एक टुक्रा धनुषाधाममा झरेको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ । धनुषको टुक्रा झरेको स्थानमा धनुष आकार झै प्रत्येक वर्ष बढ्दै गरेकाले पनि श्रद्धालुहरुको आस्था बढेको मन्दिरका एक पुजारीको भनाइ छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !