सन् २०१७ सम्ममा नेपालका सबै घर धुवा मुक्त: प्रधानमन्त्री


काठमाण्डौ,माघ ७ । 
सरकारले ४ बर्षमा नेपालका गाउँहरुलाई धुवारहित बनाउने घोषणा गरेको छ ।  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका सबै घरलाई धुवा मुक्त गर्ने अभियान थालिने बताउनु भएको छ । सन् २०१७ सम्म्मा नेपालका सबै घर धुवा मुक्त बनाउन सरकारी तवरबाट पनि पहल थालिने प्रधानमन्त्री भट्टराईले बताउनुभयो । 

नविकरणीय उर्जा मेलको आज काठमाण्डूको भृकुटीमण्डपमा उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री भट्टराईले नेपालमा उर्जा संकट कम गर्न नविकरणीय उर्जाले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । नेपालमा विधमान उर्जा संकट समाधानका लागि सरकारले कुनै पनि कसुर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाइ छ ।

Related

राष्ट्रिय 1990420025634925064

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item