माओवादीको एकदलिय तानाशाही सोचका कारण मुलुक गम्भिर संकटमा : वली



काठमाडौ, ६ ,माघ
नेकपा एमालेका नेता केपी ओलीले एकीकृत माओवादीको एकदलिय तानाशाही सोचका कारण मुलुक गम्भिर संकटमा परेको बताउनुभएको छ । एमाले मेची अञ्चल सम्पर्क कमिटिको दोश्रो अधिवेशनको उदघाटन गर्दै नेता ओलीले एकीकृत माओवादीका कारण मुलुक गम्भिर संकटमा फसेको बताउनुभयो । 
उहाँले बिगतको आन्दोलनका सहयात्री दलहरु एक ठाँउमा नभएसम्म मुलुकको संकट समाधान नहुने बताउनुभयो । वलीले मुलुकको संक्रमणकाल अन्त्यका लागि सवै आन्दोलनका सहयात्री दलहरु एकठाँउमा आउनुपर्ने बताउनुभयो । उहाँले बिदेशी र आफुलाई बिद्धान भन्नेहरु अधिकारका नाममा मुलुकमा द्धन्द निम्त्याउन लागेको आरोप समेत लगाउनुभयो । 

Related

राष्ट्रिय 7060702732737067095

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item