सवारी दुर्घटना, एक जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/accident_23.html
सिरहा,माघ १० ।
गएराति चोहर्वा सिरहा सडक खण्ड अन्तर्गत लक्ष्मीपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका ९ बस्ने २१ वर्षका सहदेव महरा रहेको जिल्ला प्रहरी कार्यालय सिहाले जनाएको छ ।
चोहर्वावाट सिरहातर्फ जादै गरेको ना १ ज २६९१ नम्बरको म्याजिक र विपरित दिशावाट आउदै गरेको स १ च ६९९ नम्बरको पिक अप भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको हो । ठक्कर दिने चालक र भ्यान प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !