पोखरामा जारी ११ औं आहा रारा गोल्डकपमा त्रिभुवन आर्मी र फे्रन्ड्स भिड्ने


  पोखरा,माघ १० ।
पोखरा रंगशालामा हिजोदेखि शुरु भएको ११ औं संस्करणको आहा रारा गोल्डकप फुटवल प्रतियोगीता अन्तगर्त आज पनि खेल हुनेछ । आज दिउँसो २ बजेपछि हुने खेलमा त्रिभुवन आर्मी क्लब र फे्रन्ड्स भिड्ने भएका छन् । हिजो भएको खेलमा सामसुङ जावलाखेलले  धरान फुटबल क्बललाई टाईब्रेकरमा २ का विरुद्ध ४ गोल अन्तरले पराजीत गर्दे गत बर्षको उपविजेता जावलाखेल विजय भएको हो ।  

विदेशी क्लबसहित १२ टीमको सहभागीता रहेको खेलमा प्रतियोगितामा बिजेताले नगद ३ लाख, ५१ हजार र उपबिजेताले २ लाख, एक हजारको साथमा शिल्ड मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसैगरि, प्रतियोगितामा फेयर प्ले, उत्कृष्ट खेलाडी, बेस्ट अफ फाइव अन्तरगत उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकरका लागि पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीता सम्पन्न हुदा सम्म झण्डै ७० लाख आम्दानी र ६० लाख खर्च हुने  आयोजकले अनुमान गरेको छ । खेल माघ २० गतेसम्म जारी रहने छ ।

Related

प्रमूखखबरहरु 7913897039539907139

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item