नेतान्याहु इजरायलको पुन प्रधानमन्त्री हुने संकेत


काठमाडौं,  माघ १० ।
इजरायलमा सम्पन्न आम निर्वाचनले बर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नै पुन प्रधानमन्त्री हुने देखाएको छ । हिजो निर्वाचन सम्पन्न भएपछि गरिएको एक सर्वेक्षेणले प्रधानमन्त्री नेतान्याहुलाई नै प्रधानमन्त्री पदमा पुनः स्थापित गर्ने देखाएको हो । चुनावी सर्बेक्षेणमा सत्ताधारी दलहरुको गठबन्धन लिकुड–बेतेन्युले नै धेरै सिट हासिल गर्ने देखिएको छ । यस अघि विदास्पद देखिएको नेतान्याहुको गठबन्धन आम चुनावमा परास्त हुने आँकलन गरिए पनि चुनाव सम्पन्न भएसंगै गठबन्धन बलियो देखिएको छ ।
यस अघि सत्तामा पुग्ने अनुमान गरिएको मध्यमार्गी पार्टी येश अतिद दोस्रो स्थानमा रहने अनुमान गरिएको छ भने अर्को शक्ति हबायित हायेहुदीलाई नेतान्याहुले आफ्नो गठबन्धनमा तान्ने प्रयास गर्ने अनुमान गरिएको छ ।

चुनाव सम्पन्न भएसंगै फेसबुकमार्फत प्रधानमन्त्री नेतान्याहुले इजरायली जनताले आँफुलाई नै प्रधानमन्त्रीको जिम्मेवारी दिएको दावी गर्दै सत्तारुढ गठबन्धनलाई अँझै ठुलो बनाउने घोषणा गरेका छन् ।
संसदका लागि कुल १ सय २० सिटमा भएको समानुपातिक प्रणालीको चुनावमा ३२ दलले भाग लिएका थिए । यस अघि नेता न्याहुको गठबन्धनमा ४० सिट थिए भने अहिले ३१ सिटमात्र हासिँल गर्ने सर्वेक्षणले देखाएको छ । दोस्रो स्थानमा रहेको येश अतिद दलले १२ सिट हाँसिल गर्ने अनुमान छ ।
समानुपातिक प्रणालीबाट संसदमा सहभागी हुन कुनै पनि दललाई कम्तीमा २ प्रतिशतको आवश्यकता पर्ने बिबिसीले जनाएको छ ।

Related

प्रमूखखबरहरु 2310922873517575696

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item