मन्त्रीको पत्र सार्वजनिक गर्दा सरुवा


 रौतहट,माघ १० ।
नेपाल सरकारका एक मन्त्रीले पार्टीको लेटरप्याड प्रयोग गरी रौतहटका विभिन्न सरकारी कार्यालयमा आर्थिक एवम् भौतिक सहयोग उपलब्ध गराउन दबाब दिएको कुरा सार्वजनिक भएपछि एक सरकारी कार्यालयका प्रमुखको सरुवा भएको छ । वनमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माले समाजवादी) का उपाध्यक्ष यदुवंश झाले पार्टीको लेटरप्याडमा रौतहट जिल्लाको विभिन्न सरकारी कार्यालयहरुको नाम नै उल्लेख गरी पार्टीको काठमाण्डौमा माघ ६ गतेदेखि शुरु हुने राष्ट्रिय सम्मेलनलाई आर्थिक एवम् भौतिक सहयोग गरिदिन पत्राचार गर्नुभएको थियो ।

 जिल्ला भू–संरक्षण कार्यालय रौतहटका प्रमुख रामानन्द भट्टराईले पत्र सार्वजनिक गरेको भन्दै सरुवा भएको जनाइएको छ । चन्दा मागेको पत्र बिभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि भू–संरक्षण कार्यालय प्रमुख भट्टराईसंग आक्रोसित वन मन्त्री झाले हिजो आकस्मिकरुपमा जिल्ला भू–संरक्षण कार्यालयमा आएर सबै कर्मचारी छड्केमा परेको धम्की दिंदै एक मिनेट मात्र कार्यालयमा बसेर गएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

Related

राष्ट्रिय 3479785397458750280

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item