सर्लाहीमा सवारी दुर्घटना,एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/accident_5.html
सुरेश बिडारी,
सर्लाही,पुस २१ ।
सर्लाहीको ब्रम्हपुरीमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी ब्रम्हपुरी–४ का नथुनी रायको ७ वर्षीया छोरी रेन्कु कुमारी रायको मृत्यु भएको हो । साँझ ब्रम्हपुरी ४ मा पूर्वबाट पश्चिम जाँदै गरेको ज १ त ९१९ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि रिन्कुको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । काली मन्दिर नजिकै भएको दुर्घटनामा परेको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !