हुम्लाको सिमिकोटमा कफ्र्यु

http://sindhulidarpan.blogspot.com/2013/01/humla.html
हुम्ला,पुस २१ ।
हुम्लाका राजनीतिक दलहरुबीच गरिबी निवारण परियोजनाको विषयमा विवादले उग्र रप लिएपछि आज हुम्लाको सिमिकोटमा कफ्र्यु लगाइएको छ । आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सिमिकोटमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले बताउनुभयो । हिजो भएको झडपमा १० जना घाइते भएका थिए ।
थप सुरक्षाका लागि भन्दै प्रहरी परिचालन पनि गरिएको छ । उच्च पहाडी गरिबी निवारण परियोजनाको विषयलाई लिएर गएको पुस १० गतेदेखि जिल्लाका सबै राजनीतिक दलहरुबीच बढ्दै गएको विवादले उग्ररुप लिएर दिनहुँजसो झडप भएपछि आज निषेधाज्ञा जारी गरिएको हो । हिजो बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुशार एकै समयमा ५ जनाभन्दा बढी व्यक्ति हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !