फुटबलमा मध्यपुर र मनाङमस्र्याङ्दी विजयी

http://sindhulidarpan.blogspot.com/2013/01/sports_4.html
काठमाडौ पुस २०
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको आज सम्पन्न खेलमा मध्यपुर युथ एसोसियसन र मनाङ मस्याङदी विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा बाँसबारी क्लवलाई ४–२ गोल अन्तरले पराजित गर्दै मनाङमस्र्याङ्दी दोस्रो स्थानमा उक्लिएको छ । जितसँगै मनाङको ११ खेलबाट २४ अंक भएको छ । शिर्ष स्थानमा रहेको थ्रीस्टारको समान खेलबाट २६ अंक छ भने एक खेल कम खेलेको मच्छिन्द्र २३ अंकसँगै तेस्रो स्थानमा छ ।
त्यस्तै समान खेलबाट ५ अंकमात्र भएको बाँसबारी भने पुच्छारबाट दोस्रो स्थानमा छ । प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा मध्यपुरले बौद्ध फुटबल क्लवलाई ३–शुन्य को अन्तरले पराजित गरेको हो । जितसँगै ११ खेलबाट १० अंक बनाएको मध्यपुर एक स्थान माथि उक्लिदै अंक तालिकाको १३ औं स्थानमा छ । समान खेल खेलेको बौद्ध १ अंकसँगै पुच्छारमा छ । प्रतियोगिताअन्तर्गत भोलीको खेलमा सशस्त्र प्रहरीको एपिएफ र संकटा तथा सरस्वती र मछिन्द्र क्लवबीच प्रतिस्पर्धा हुने छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !