सिन्धुलीको कफ्र्यु र बन्द खुल्यो

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_3101.html
सिन्धुली, पुस २० ।
कारागारमा भएको झडपमा एक कैदीको मृत्युको बिषयलाई लिएर नेपाली कांग्रेस सिन्धुलीले आज गरेको बन्द ४ वजे पछि खुलेको छ । कांग्रेसले कैदी निरज देवकोटाको झडपका क्रममा मृत्यु भएको विषयमा छानविनको माग गर्दै आज सिन्धुली बन्द गरेको थियो । कांग्रेसले छानविनको लागि न्यायीक आयोगको गठन, निष्पक्ष छानविन गरी दोषीलाई कारवाही र पिडीतलाई उचित क्षतिपूर्ती दिनुपर्ने माग गरेको छ ।

त्यस्तै यसअघि कैदीहरुविच बढेको तनाब पछि सिन्धुली सदरमुकाममा लागेको कफ्र्यु आज दिउँसो ३ बजे देखि खुलेको छ । हिजो देखि लागेको कफ्र्यु आज बिहान ८ देखि बजे २ घण्टाका लागि खोलिएको थियो । तनाब साम्य हुँदै गएपछि अहिले १२ बजे देखि आंशिक रुपमा लगाइएको कफ्र्यु ३ वजे पछि हटाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली कारागारमा कैदी बन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएपछि हिजो दिनभर सिन्धुली सदरमुकाम तनाव ग्रस्त बनेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !