रेडियोबाट एसएलसीको ट्युसन प्रभावकारी बन्दै
http://sindhulidarpan.blogspot.com/2013/01/radio-tuition.html
नवलपरासी,पुस २० ।
नवलपरासीको कावासोतीमा रहेको रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जले गएको सातादेखि सुरु गरेको रेडियो ट्युसन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । एसएलसी चौंतारी नाम दिएर शुरु गरिएको कार्यक्रम शिÔक, अभिभावक, एवम् विद्यार्थीका लागि निकैं उपयोगी बनेको सरोकारवालाहरुले बताएका छन् । अङ्ग्रेजी विषयका शिÔक एवम् रेडियो ट्युटर तिर्थराज कण्डेलले कार्यक्रम निकैं उपयोगी बन्दैं गएको बताउनुभयो ।
उहाले रेडियोबाट कार्यक्रम प्रसारण्ँ हुन थालेपछि विद्यार्थीहरूले आफूहरूलाई फाइदा नभएको प्रतिक्रिया दिएको जनाउसनुभयो । आईतबारबाहेक प्रत्येक दिन राती सवा ९ बजेपछि कार्यक्रम प्रसारण भइरहेको छ । सोमबार र मङ्गलबार अङ्ग्रेजी, बुधबार र बिहीबार गणित तथा शुक्रबार र शनिवार विज्ञान विÈयको रेडियो ट्युसन कार्यक्रम रेडियोले सञ्चालन गरेको छ । रेडियो परासीले पोहोर पनि सोही कार्यक्रम सञ्चालन गरेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !