फेरी सात वर्षीया बालिका बलात्कृत

http://sindhulidarpan.blogspot.com/2013/01/rape-case-in-nepal.html
वीरगन्ज, पुस २० ।
दैनिक सरह महिला हिंसाका समाचार सार्वजनिक भईरहेका बेला बारा जिल्लामा सात वर्षीया बालिकाको बलात्कार भएको छ । विहीबार राति बलिरामपुर–२, घोघडरीया टोलकी ६ वर्षीया अनु साह (नाम परिवर्तन) लाई स्थानीय २४ वर्षीय वकिल पडित कुम्हालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
गाउँसँगै जोडिएको कलैया नगरपालिका–१४ मा चलेको अष्टयाम पुजा हेर्न गएका बेला कुम्हालले अनुलाई बलात्कार गरेका हुन् । घर पुराई दिने बहानामा कुम्हालले अनुलाई पूजास्थल भन्दा एक सय ५० मिटर टाढा रहेको सिसौघारीमा लगेर बलात्कार गरेका थिए । अनुको यौनीबाट रगत बगेको देखेपछि मात्र अभिभावकले बलत्कारको घटना थाहा पाएका थिए । घटना लगत्तै स्थानीयवासीले कुम्हाललाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका छन् । उनीहरुले कुम्हाललाई कारबाहीका लागि प्रहरीमा बुझाएका छन् ।
पीडित बालिका अनुको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताउनुभयो ।
यसैबीच, काठमाडौंको थानकोटमा पाँच वर्षीया बालिका बलात्कार गरेर फरार २१ वर्षीया सुमन श्रेष्ठ बाराको पथलैयाबाट पक्राउ परेका छन् । बालिकाको बलात्कार पछि श्रेष्ठ थानकोटबाट फरार भई पथलैयास्थित घरमा लुकेर बसेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !