कुखुराले बजार नपाएपछि ब्यवसायीहरु चिन्तित
http://sindhulidarpan.blogspot.com/2013/01/local-business.html
उमा पौडेल,
सिन्धुली,पुस २० ।
उद्पादित कुखुराले बजार नपाएपछि कमलामाई–४ साखाजोर सिन्धुलीका कुखुरा ब्यवसायीहरु चिन्तित बनेका छन् । आफुले उत्पादन गरेको कुखुराले बजार नपाएपछि ब्यवसाय छाड्नुपर्ने अवस्थामा रहेको साखाजोरका कुखुरा ब्यवसायी दिर्घनारायण श्रेष्ठले बताउनुभयो । १ किलोको कुखुरा उत्पादन गर्न १०० रुपैया भन्दा बढी लाग्ने गरेको उहाँको भनाई छ । त्यस्तै उहाँले कुखुरा ब्यवसायका लागि तोकिएको मुल्य अनुसार कुखुरा बिक्रि बितरण नभएको समेत बताउनुभयो ।
कुखुरा बिकाउनका लागि ब्यवसायीबिच नै तोकिएको भन्दा कम मुल्यमा कुखुरा बेचेर अस्वस्थ प्रतिस्पर्धा हुने गरेको श्रेष्ठको भनाई छ । साखाजोरमा उत्पादन हुने गरेको कुखुरा बिक्रिका लागि राजधानी काठमाण्डौ लाने गरेको उहाँले बताउनुभयो । बजारमा काटेको कुखुराको मासु प्रतिकिलो २४० रुपैयाँले बिक्रि भैरहेको छ भने जिउँदो कुखुरा प्रतिकिलो १५० देखि १८० रुपैँयासम्म विक्रि वितरण भैरहेको छ । दानाको मूल्यमा दिनप्रतिदिन वृद्ध हुँदै जानु, कुखुरामा रोग लाग्नु र उत्पादित कुखुराले उचित मूल्यमा बजार नपाउनु लगायतका कारणले कुखुरा व्यवसाय सोचेजति राम्रो नभएको व्यवसायिहरुको भनाई छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !