ट्राफिक नियम उलंघन गरि सवारी चलाउनेको संख्यामा बृद्धि

http://sindhulidarpan.blogspot.com/2013/01/traffic-police.html
उमा पौडेल,
सिन्धुली,पुस २० ।
जिल्लामा ट्राफिक नियम उलंघन गरि सवारी चलाउनेको संख्यामा बृद्धि भएको छ । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका अनुसार मंसिर महिनामा नियम बिपरित संचालन भएका २८० सवारी कारबाहिमा परेका थिए । मंसिर महिनामा ४७ वटा बस, ५२ वटा ट्रक , ४८ वटा कारजिप र १०७ वटा मोटरसाईकल र २८ वटा ट्याक्टर गरि जम्मा २८० सवारीलाई कारबाहि गरेको हो । जसबाट ४९ जनार ४ सय रुपैया राजस्व संकmन गरिएको थियो । त्यस्तै कात्तिक महिनामा २०० वटा सवारीलाई कारबाहि गरिएको थियो । जसबाट ४१ हजार ६ सय ५० रुपैया राजस्व संकलन गरिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !