महासेनानी कुमार लामा पक्राउलाइ दलहरु द्धारा चर्को बिरोध



काठमाडौ, पुष २२ 
महासेनानी कुमार लामा पक्राउको बिभिन्न दलका नेताहरुले बिरोध जनाएका छन् । रिपोटर्स क्लब नेपाले आज राजधानीमा गरेको साक्षात्कारमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एबं एकीकृत माओबादी नेता देवेन्द्र पौडेलले  लामाको रिहाइका लागि कुटनीतिक पहल शुरु गरिसकिएको जानकारी दिनुभएको छ । उहाँले लामालाइ पक्राउ गरि नेपालको शान्तिप्रक्रिया विथोल्ने कार्यभइरहेको भन्दै यस्ता नियोजित षडयन्त्रलाइ बन्द गर्नु आग्रह् समेत गनर््भयो । त्यस्तै नेकपा माओवादीका सचिव देव गुरुङले महासेनानी लामा पक्राउले देशको सार्वभौमसक्तामाथिको खतरा भएको बताउनुभयो । उहाँले नेपालको आन्तरिक मामलामा विदेशीको हस्तक्षेप हुन नहुने बताउनुभयो । 
मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पक्राउ परेका सैनिक अधिकृतलाइ नेपालमा जिम्मा लगाइ यहिको कानुन अनुसार कारबाहि हुनुपर्ने माग गर्नुभयो । 

Related

राष्ट्रिय 315942226966434156

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item