राष्ट्र वैंकले सहकारीसँग हातेमालो गर्ने

http://sindhulidarpan.blogspot.com/2013/01/bank.html
मिनकुमार दाहाल,
सिन्धुली,माघ १ ।
नेपाल राष्ट्र वैंकका गर्भनर डा.युवराज खतिवडाले ग्रामिण भेगमा रहेका वचत तथा ऋण सहकारी संस्थाहरुसँग नेपाल राष्ट्र वैंक हातेमालो गर्न आएको वताउनुभयो । गर्भनर खतिवडाले सिन्धुलीमा आज आयोजित साना किसान वैंक लिमिटेडमा हातेमालो साना किसान कृषि सहकारी संस्था अवद्धता कार्यक्रममा वोल्दै सो कुरा वताउनुभएको हो । गर्भनर खतिवडाले नाफा मुखी वैंकहरु धितो मुखी कर्जा लगानी गर्दा गर्दै पनि कर्जा सुरक्षित हुन नसकेकाले अव वैंकहरुले सानो कर्जाको लागी कृषकहरुलाई ऋण लगानी गर्नु पर्ने वताउनुभयो । वित्तिय प्रणालीमा ठग तन्त्र सुरु भए पछि तेश्रो मान्छेको धितोमा ऋण लगानी नगर्न राष्ट्र वैंकले वाणिज्य वैंकहरुलाई भनि सकेको गर्भनर खतिवडाले वताउनुभयो ।

काठमाडौंमा केही ठगतन्त्र संचालन गर्नेहरुले नातागोताको नाममा भएका सम्पतीहरु वैंकमा वन्धक राखी ऋण नर्तिदा वैंकहरु धरासायी वन्दै गएको स्मरण उहाँले गराउनुभयो । सहकारीमा कर छुटको माग सभागीहरुले गरेका थिए । खतिवडाले ऋण छुट दिँदा सहकारीको नाममा कसैले उद्योग धन्दा खोली दिन्छन त्यसैले सरकारले सहकारीलाई पनि करको दायरामा ल्याउनु परेको वताउनुभयो । सहकारीमा पनि केही कमीकमजोरी देखीएकाले राज्यले सहकारीहरुको अनुगमन गर्ने जरुरी रहेको उहाँले वताउनुभयो ।
राष्ट्र वैंकले दुर्गम क्षेत्रमा गएर शाखा खोल्ने वैंकहरुलाई अनुरोध गरेको छ । दुर्गम स्थानमा गएर शाखा संचालन गर्ने वैंकहरुलाई विभिन्न सेवा सुविधा दिने निर्णय राष्ट्र वैंकले गरेको सो अवसरमा साना उद्यमीहरुलाई खतिवडाले जानकारी गराउनुभयो । ग्रामिण क्षेत्रमा वसो वास गर्ने धितो नभएका व्यक्तीहरुलाई सहकारीमा संगठित गर्दै जाने हाम्रो प्रमुख उदेश्य भएको हामीले वचत तथा ऋण सहकारी संस्थाहरुमा लगानी गर्ने गरेको खतिवडाले वताउनुभयो । नेपालका हरेक राजनैतिक दलहरुले आफ्नो घोषणा पत्रमा सहकारीलाई प्राथमिकतामा राखेर महत्व दिएका छन् । त्यसैले हामीले सहकारीसँग हातेमालो गर्ने निती अघि वढाएको गर्भनर खतिवडाले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !