भारतमा संसारकै सबैभन्दा ठूलो पर्व कुम्भ मेला शुरु


काठमाण्डौ,माघ १
भारतमा संसारकै सबैभन्दा ठूलो पर्व कुम्भ मेला शुरु भएको छ । मेलामा गुरु तथा साधुहरु सहित हिन्दु धर्मावलम्बीको घुईंचो छ । मेलामा १० करोड तीर्थालु सहभागी हुने अनुमान गरिएको छ । पवित्र गंगा नदीमा स्नानका लागि लाखौं र्तीथालु पुगिसकेका छन् । यो मेला पवित्र र्धामिक स्नानसित सम्बन्धित छ । मेलामा पुगेका सबै र्तीथालुहरुलाई स्नानको व्यवस्था गर्नुका साथै सबैभन्दा ठूलो चुनौती हुने भारतीय सञ्चार माध्यमले जनाएका छन ।
सम्भावित र्दुघटनालाई ध्यानमा राख्दै मेलामा सुरक्षा व्यवस्था कडाई  गरिएको छ । मेलाका लागि ३० हजार सुरक्षार्कमी परिचालन गरिएको छ । मेलामा पुगेकाहरुका लागि १४ वटा अस्थायी अस्पताल, २ सय ४३ जना चिकित्सक, ४० हजार भन्दा बढी शौचालयको व्यवस्था गरिएको छ । मेलामा स्नान र्गने प्रमुख दिन माघ १ र १४ गते, फागुन ४, १४ २७ र २८ गते परेको छ । नदीमा प्रदुषण हुने भन्दै प्लाष्टिक, धुप, सलाईका बट्टालगायत फाल्न रोक लगाइएको छ । कुम्भ मेला १२ र्वषमा एक पटक मेला लाग्ने र्गछ । भारतको इलाहवादमा मेला ५५ दिनसम्म चल्नेछ ।

Related

प्रमूखखबरहरु 2002428525186568330

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item