त्रिवेणी मेला सुरु


ऋषि राई, 
कटारी , माघ १ ।
उदयपुरको त्रिवेणीमा हरेक वर्ष माघे संक्रान्तिदेखि सुरु हुने त्रिवेणी मेला यस वर्ष पनि सुरु भएको छ । मैनी मेलाले समेत परिचित मेला पहिले पहिले एक महिना सम्म लाग्ने गरेको भएपनि द्वन्द्वकाल पछि भने पन्ध्र दिन मात्रै लाग्दै आएको छ । कमला , तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने यो मेलामा मकर स्नान गर्ने हरुको समेत घुँईचो लाग्ने गरेको छ । मेलाको आकर्षणको रुपमा पहिले पहिले सोलखुम्वुको भोटे घोडा , खोटाङ्कोे भोटे कुकुर , ओखलढुङ्गाको राडिपाखी , सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनवेचलाई लिने गरिएको भएपनि पुराना आकर्षणहरु लोप हुँदै गएको त्रिवेणी गाविसका सचिव माधवप्रसाद पौडेलले वताउनुभयो ।
परापूर्वकाल देखि नै लाग्दै आएको पूर्वाञ्चलकै पुरानो र लामो समय लाग्ने यो मेलाको यो वर्षको आकर्षणहरुमा भने स्थानीय उत्पादन , रोटेपिङ् , मौतका कुवा , लगाएतका मनोरञ्जनात्मक खेलहरु रहेको मेला आयोजक समितिले जनाएको छ । त्यसैगरी मेलाकै अवसरमा प्रथम त्रिवेणी स्टार नृत्य प्रतियोगिता पनि हुँदै छ त्यसका लागि उदयपुर आसपासका जिल्लावाट प्रतियोगिहरु सहभागि भएको आयोजक रिकोभरिङ् प्लस कटारी नेपालका अध्यक्ष नारायण राईले वताउनुभयो ।
मेलामा पूर्वाञ्चल , मध्यमाञ्चलका अलावा भारतवाट समेत मेला घुम्न आउनेहरुको घुँईचो लाग्ने गरेको छ । मेलाकै अवसरमा विभिन्न हिन्दु धर्मावलम्वीहरुले विभिन्न भागवत पुराण लगाएत धार्मिक कार्यहरु समेत गर्दै आएका छन् ।

Related

विविध 9126530544010216814

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item