ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु


हरिवन,माघ १ ।
सर्लाहीको नवलपुर–मलङ्गवा सडक अन्तर्गत नेत्रगंज–५ जुटपानीमा आज बिहान ट्रिपरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । नवलपुरतर्फ आउँदै गरको सीजी १३ डी ८२०७ नम्बरको ट्रिपरले नवलपुरतर्फनै आउँदै गरेको ज ४ प ६३७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक कविलासी वडा नम्बर ९ का राजेश महतो कोईरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
ट्रिपर हरिपुर ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । नवलपुर–मलङ्गवा सडक खण्डकै कालोपत्रे गर्ने ठेक्का लिएको भारतीय कम्पनी भिश्वा ईन्फास्ट्रक्चर कम्पनीकै ट्रिपर भएको बताईएको छ ।

Related

विविध 712455950211850834

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item