महिलालाई हस्तमैथुन फाइदाजनक
http://sindhulidarpan.blogspot.com/2013/01/women-sex.html
- महिलाका लागि हस्तमैथुन कति फाइदाजनक होला ? अध्ययनमा के देखिएको छ भने पुरुषको तुलनामा महिलालाई हस्तमैथुन बढी फाइदाजनक देखिएको छ । यौनसँग सम्बन्धित चिकित्सकहरुले यो महिलाको स्वास्थ्यका लागि शारिरिक र मानसिकरुपमा लाभदायी हुने बताएका छन् । सेक्सोलोजिष्टकाअनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार र रेस्पोन्सहरुको बारेमा बुझ्न मद्दत गर्दछ ।
हस्तमैथुन गर्दा निस्कने तरल पदार्थले महिलाको यौन अंगलाई फाइदा पु¥याउने पनि उनीहरुको तर्क छ । यसले रजस्वलालाई पनि नियमित गराउने बताइएको छ । अर्काे एक अनुसन्धानले के देखाएको छ भने महिलाहरु हस्तमैथुन गर्दा यौन सम्पर्कको भन्दा बढी सन्तुष्टी पाउँछन् । उक्त खोजमा महिलाले ७० प्रतिशत सन्तुष्टी हस्तमैथुनबाट पाउने बताइएको छ । -एजेन्सीको सहयोगमा


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !