आज सहमति नहुने निश्चित


काठमाण्डौ,माघ १ ।  
राष्ट्रपति डाक्टर रामबरण यादवले सहमतिका लागि आज सम्म दिएको नवौ पटकको समय पनि खेर जाने भएको छ । दलहरुबीच छलफल समेत हुननसक्दा सहमतिको नहुने निश्चित देखिएको छ । राष्ट्रपतिले यसअघि आठौ पटकको समय सकिदा पुस २६ गते दलहरुले आजसम्म सहमति गर्ने प्रतिवद्धता जनाएका थिए । दलहरुले आज सहमति हुन नसके नयाँ विकल्पमा जाने बताएका थिए । 

राष्ट्रपति यादवलले सहमति गर्न नसकेका कारण अबको छलफलमा अन्य विकल्पका विषयमा पनि दलहरुको राय माग्नुहुने शीतल निवास स्रोतले जनाएको छ । आज सम्मको समयमा दलहरुले सहमति गर्न नसकेपछि राष्ट्रपतिले भोलि दलहरुसँग फेरि छलफलको तयारी गर्नुभएको छ । 
 दलहरू आ–आफ्नै अडानमा कायमै रहेपछि सहमति जुट्न पनि सकिरहेको छैन । यसैबीच विपक्षी दलहरुले आज भावी रणनीतिका विषयमा छलफल गर्दैछन् । नेपाली काङ्ग्रेस र नेकपा एमालेको पहलमा दिउँसो हुने छलफलमा एकीकृत नेकपा माओवादीले सहमति गर्न नमानेका आन्दोलनमा जाने तयारकिा विषयमा छलफल हुनेछ ।

Related

राष्ट्रिय 2825942752041038253

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item