एच एण्ड वि बैंकमा करामत

http://sindhulidarpan.blogspot.com/2013/01/bank_25.html
काठमाडौ,माघ १२ ।
एच एण्ड वि डेभलेपमेन्ट बैंकमा अनियमता गरी ग्राहकलाई ठगी गरेको अभियोगमा प्रहरीले बैंकका ग्राहक र कर्मचारी गरी १४ जना विरुद्ध आज मुद्धा दायर गर्ने भएको छ । अनुसन्धानमा ८७ करोड रुपैयाको गुड फर पेमेन्ट चेक जारी भएको र २२ करोड रुपैयाँको नगद अभाव देखिएपछि प्रहरीले उनिहरुविरुद्ध मुद्धा दायर गर्न लागेको हो । ग्राहकका नाममा रहेको २२ करोड रुपैयाको नगद गायव भएको छ भने ८७ करोडमध्ये खातामा कति रकम छ अझै प्रष्ट भइसकेको छैन ।
अनियमिततामा सवैभन्दा धेरै एच एण्ड वि बैंक कुलेश्वर शाखाका प्रमुख निरज नेपाललाई १ अर्व ५ करोड रकम बराबरको विगो दावि गरिएको छ । यस्तै ग्राहक मनोज चौरसिया, जयकुमार यादव, कुमार ढकाल, आनन्द श्रेष्ठ, सुरेन्द्र प्रधान विरुद्धपनि विगो दावि गरिएको छ । बैंकका ८ जना कर्मचारीविरुद्धपनि प्रहरीले विगो दावि सहित मुद्धा दर्ता गर्न लागेको हो । अनियमिततामा बैंकका सहायक स्तरका कर्मचारीलाई अभियोग लगाइएको भएपनि उच्च अधिकारी तथा सञ्चालक समितीका सदस्यहरुलाई भने अभियोग लगाइएको छैन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !