दैलेखमा पत्रकारका नाममा ‘गुन्डा’ डलरको भरमा...खेती गर्छौ साथी हो ?

http://sindhulidarpan.blogspot.com/2013/01/journalist_1068.html
काठमाडौं,माघ १२ । सत्तारुढ एमाओवादीकी पूर्वसभासद सत्या पहाडीले पत्रकारको नाममा दैलेखमा रहेका केहि ‘गुन्डा’ले आफूहरुको कार्यक्रम विथोलेको आरोप लगाउनु भएको छ । ‘पत्रकारको नाममा दैलेखमा रहेका केहि गुन्डाहरु र कांग्रेस, एमालेका गुन्डाहरुले शान्तिपूर्ण एमाओवादीको दैलेख जिल्ला सम्मेलनमा आक्रमण गरे,’ उहाँले भन्नुभयो ‘शान्तिपूर्ण उदघाटन कार्यक्रममाथि ढुङामुढाले मात्र आक्रमण गर्ने प्रायस गरेनन् कि, खुकुरीले समेत हमला गर्ने प्रायश गरे ।’ सामाजिक सञ्जाल फेसबुकमा आज मध्यान्ह करीव सवा वाह्र बजे पहाडीले आफ्नो भित्तामा राखेको स्टाटसमा सो आरोप लगाउनु भएको हो ।
उहाँले अगाडि भन्नुभएको छ ‘पत्रकार र कांग्रेस, एमालेका गुण्डाहरुबाट भएको आक्रमणको प्रयासको प्रमाण सार्वजनिक रुपमा सुक्षित छन्, यसको प्रत्यक्षादर्शी स्वयम् दैलेखी जनताहरु पनि छन् ।’ कांग्रेस, एमालेलगायतलाई सम्मेलनमा आमन्त्रण गरेको उल्लेख गर्नुभएकी पहाडीले गाली नै गर्ने भए पनि एउटै मन्चबाट हामीलाई गर्नु लोकतान्त्रिक हुने जानकारी गराएको दाबी गर्नुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !