प्रहरीको उच्च सर्तकताले आन्दोलन शान्तिपुर्ण (दोलखा)


शेरबहादुर भुजेल,
दोलखा,माघ १२ ।
 स्थानिय प्रशासनको उच्च सर्तकताका कारण दोलखामा आज दुबै पक्षको पर्दशन र सभा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । प्रहरी सक्रियताका कारण पुर्वअनुमान गरिए जस्तो कुनै अप्रिय घटना बिना कार्यक्रम सम्पन्न भएका छन् । एकीकृत नेकपा माओवादी दोलखाको दोश्रो जिल्ला सम्मेलनको दिन पारेर विपक्षी दलहरुले विरोधका कार्यक्रम सहित पर्दशन गर्ने कार्यक्रम तय भए पछि दोलखामा स्थानिय प्रशासनले उच्च सर्तकता अपनाइएको छ । कार्यक्रमलाई शान्तिपुर्ण बनाउँनका लागि जिल्ला भरका सुरक्षाकर्मीलाई सदरमुकाम केन्द्रित गरिएको थियो । 
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीवललाई पनि सदरमुकाम चरिकोट ल्याइएको थियो । दुबै पक्षले आलोपाले गरी पर्दशन गरेका थिए भने सयौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो । सुरक्षाका लागि दोलखाका प्रहरी प्रमुख डिएसपी  ओम अधिकारी आफै खटिनु भएको थियो । यसैविच एकीकृत नेकपा माओवादी दोलखाको दोस्रो जिल्ला सम्मेलन क्रममा माओवादी दोलखाले सदरमुकाम चरिकोटमा शक्ति पर्दशन गरेको छ । गाउँ गाउँबाट वस रिर्जभ गरी सदरमुकाम आएका हजारौं माओवादी कार्यकर्ता पर्दशनमा सहभागि भएका थिए । माओवादीले स्थानिय कालिञ्चोक उच्च माविमा सभाको आयोजना गरेको थियो ।

Related

विविध 2654867515245822250

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item